वागमती ८ माघ, वडाध्यक्ष कप फुटवल प्रतियोगिता वागमती ४ प्युटारको पहिलो उपाधी खैरेनी टीमले हात पारेको छ । प्युटारको खयरघारीमा रहेको क्षेत्रीय खेल मैदानमा भएको फुटवल प्रतियोगितामा ६ टीम सहभागी थिए । ५ गते शनिवारदेखि सुरु भए ७ गते सोमबार सम्पन्न प्रतियोगितामा प्युटारको साविक नौ वडाका ६ टिमहरु प्युटार फुटबल टिम ए र बी ,स्म्लिे फुटबल टिम, देउराली फुटबल टिम ,खैरेनि फुटबल टिम र खयरघारी फुटबल सहभागी थिए ।
वडा नम्बर ४ प्युटारको आर्थिक सहयोगमा सम्पन्न प्रतियोगितामा खयरघारी टीम दोश्रो र फुलवारी टीम तेस्रोत भएका थिए । पहिलो २५,००० हजार दोस्रो १५,००० हजार तेस्रो ७,५०० रुपैयाँ नगद सहित कप, मेडल र प्रमाणपत्र वितरण गरिएको थियो । प्रतियोगितामा उत्कृष्ट गोल रक्षक आसीष भोम्जन उत्कृष्ट खेलाडी घोषित भए।
विजयी खेलाडीहरुलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गर्दै कार्यक्रमका प्रमुख अतिथि बागमती गाउँपालिका प्रमुख वीरबहादुर लोप्चनले खेल क्षेत्रको विकासका लागि बागमती गाउँपालिकाले महत्वका साथ कार्यक्रम निर्माण गरेको बताउनुभयो । लोप्चनले खयरघारी खेलमैदानलाई मिनिरंगशाला बनाइने तर्फ पनि प्राथमिकताका साथ लागिपर्ने बताउनुभयो ।
कार्यक्रममा विषेश अतिथि नेपाली काङ्ग्रेसको पुर्व आमन्त्रीत केन्द्रीय सदस्य कवेल बहादुर लामा, गाउँ पालिका उपाध्यक्ष भक्त बहादुर दर्लामी मगर पूर्ववडाध्यक्ष नारायण बाहदुर घलेलगायतको उपस्थिति थियो । गाउँपालिका अध्यक्ष लोप्चनले सबै टिमबाट राम्रो खेलाडी छनोट गरि एउटा राम्रो टिम बनाउन अनुरोध गर्दै पालिकाको खेलकुद समितिले विधागत तरिकाबाट बर्षको एउटा शिर्षक मात्र बाट खेल खेलाएकोले केही समस्या भए पनि व्यवस्थापन गर्दै जाने बताउनुभयो ।
बागमती गाउँ पालिका वडा नं ४ वडा अध्यक्ष रामकुमार लामाले आफ्नो वडाको सबै युवा खेलाडीको साथमा वडा कार्यलय रहेको जानकारी गराउँदै छिटै हुने पालिका स्तरीय फुटबल प्रतियोगितामा भाग लिन तयारी अबस्थामा रहन खेलाडीहरूलाई अनुरोध गर्नुभएको छ ।
प्रकाशित मिति: मंगलबार, माघ ८, २०८१ १७:२०