सूर्यप्रसाद अर्याल
धर्मशास्त्रका अनुसार देव ऋण, ऋषि ऋण र पितृ ऋण हरेक मानिसलाई लाग्दछ । जुन प्रत्येक व्यक्तिले आफ्नो जीवनकालमा चुकाउनुपर्ने हुन्छ ।
देव ऋण
देव ऋण मानवीय अस्तित्वलाई सम्भव बनाउने दिव्य शक्तिहरूको कृतज्ञता स्वरूप उत्पन्न हुने ऋण मानिन्छ । देवताहरू ९विशेष गरी भगवान् र प्रकृति शक्तिहरू० प्रतिको कर्तव्य वा दायित्व हो देव ऋण । देवताहरूले संसारको सन्तुलन र मानव जीवनलाई संरक्षण दिन्छन् जस्तै, सूर्य, चन्द्रमा, वायु, जल, पृथ्वी आदि ।
यसले संकेत गर्दछ कि हामीले प्रकृति र दैवी शक्तिहरूबाट प्राप्त सहयोगको कृतज्ञता व्यक्त गर्नुपर्छ ।
ऋण चुकाउने उपाय
देव ऋणबाट मुक्त हुन धर्मशास्त्रले निम्न कार्यहरू गर्न सुझाव दिएको छ–
१. यज्ञ र पूजापाठ
देव ऋण चुकाउन यज्ञ, होम, पूजा, र देवताहरूको आराधना गर्नुपर्छ । नियमित रूपमा भगवान्प्रति पूजा, आरती र भक्तिभाव राख्नुपर्छ । धार्मिक अनुष्ठानमा सहभागिता जनाउनुपर्छ ।
२. प्रकृतिको संरक्षण
वृक्षरोपण, जल संरक्षण र प्रकृति तथा वातावरणको रक्षा गरेर पनि देव ऋण चुकाउन सकिन्छ । प्रकृतिका स्रोतहरूको सदुपयोग र संरक्षण गर्नुपर्दछ ।
३. दान–धर्म
देवताहरूलाई कृतज्ञता स्वरूप अन्न, वस्त्र, वा अन्य आवश्यक सामग्री दान गर्नुपर्दछ । यस्तै, मन्दिर निर्माणमा योगदान, धार्मिक कार्यहरूमा सहयोग गर्न सकिन्छ ।
४. सत्कर्म र परोपकार
देवताहरूको कृतज्ञता व्यक्त गर्न सत्कर्म र परोपकार गर्नुपर्छ । गरिब, असहाय तथा जरुरतमन्दलाई सहयोग गर्नाले देव ऋण चुकाउन सकिन्छ ।
५. धर्मपालन
सत्य, अहिंसा, सदाचार, र धार्मिक नियमहरूको पालन गर्नुपर्छ । वैदिक शिक्षा तथा ज्ञानको प्रचार–प्रसार गरेर पनि यो ऋण चुकाउन सकिन्छ ।
देव ऋण चुकाउनाले जीवनमा शान्ति, सन्तुलन र समृद्धि ल्याउने छ । यसले केवल आध्यात्मिक दायित्व होइन, प्रकृति र समाजप्रतिको जिम्मेवारीलाई पनि इंगित गर्छ । धर्मशास्त्रले यो ऋण नचुकाई मुक्त हुन्न भनेको छ ।
देव ऋण चुकाउनु भनेको देवताहरू, प्रकृति र सृष्टिको कृतज्ञता व्यक्त गर्दै धर्म, सेवा र सत्कर्ममा लाग्नु पनि हो ।
ऋषि ऋण
ऋषि ऋण भनेको हाम्रो ऋषि–मुनि र गुरुप्रतिको कर्तव्य हो । यसलाई चुकाउन हामीले धर्म, शिक्षा र सत्कर्ममार्फत योगदान दिनुपर्छ । यो ऋण चुकाउनु भनेको व्यक्तिगत मात्र होइन, समाज र सृष्टिप्रतिको दायित्व पूरा गर्नु हो । हाम्रो पूर्वज, ऋषि–मुनि र गुरुहरूले मानव समाजलाई ज्ञान, धर्म, संस्कार र शिक्षा प्रदान गरेका छन् । यो ऋण चुकाउनु प्रत्येक व्यक्तिको आध्यात्मिक र सामाजिक दायित्व मानिन्छ ।
ऋषि ऋण हाम्रो तर्फबाट ती ऋषिहरूप्रतिको आभार हो, जसले वेद, उपनिषद् तथा अन्य धर्मग्रन्थहरू लेखेर हामीलाई आध्यात्मिक र नैतिक मार्गदर्शन गरेका छन् । समाजलाई शिक्षित र सभ्य बनाउन ज्ञान र विद्या प्रदान गरेका छन् । योग, धर्म र संस्कृति स्थापित गरी मानव जीवनलाई उन्नत बनाएका छन् ।
ऋण चुकाउने उपाय
ऋषि ऋणबाट मुक्त हुन धर्मशास्त्रले निम्न कार्य गर्न सुझाएको छ –
१. शास्त्र अध्ययन र प्रचार–प्रसार
वेद, उपनिषद्, गीता तथा अन्य धार्मिक ग्रन्थहरूको अध्ययन गर्नु । यी ज्ञानलाई जगेर्ना गर्दै नयाँ पिँढीसम्म पु¥याउन योगदान गर्नु ।
२. गुरु र शिक्षकको सम्मान
आफ्नो गुरु वा शिक्षकप्रतिको कृतज्ञता व्यक्त गर्नु । गुरुका शिक्षालाई अनुशरण गर्दै समाजको हितमा योगदान दिनु ।
३. विद्या र ज्ञानको प्रसार
शिक्षाद्वारा समाजलाई जागरूक र शिक्षित बनाउनु । गरिब तथा असहाय विद्यार्थीलाई शिक्षा दिन मद्दत गर्नु ।
४. धार्मिक तथा सांस्कृतिक संरक्षण
योग, ध्यान र अन्य परम्परागत विधिहरूलाई अनुशरण गर्दै यसलाई प्रवद्र्धन गर्नु । ऋषिहरूले प्रतिपादन गरेका जीवन मूल्य र धर्महरूलाई व्यवहारमा लागू गर्नु ।
५. सत्संग र प्रवचन
धार्मिक प्रवचन, सत्संग र आत्मज्ञानका माध्यमद्वारा ऋषिहरूको शिक्षालाई जीवन्त राख्नु ।
६. सत्कर्म र धर्मपालन
सत्य, अहिंसा, परोपकार तथा धर्मलाई आफ्नो जीवनमा अंगिकार गर्नु । समाजका लागि सकारात्मक योगदान गर्ने कार्यहरूमा संलग्न हुनु ।
ऋषि ऋण चुकाउनाले व्यक्तिगत जीवनमा आत्मज्ञान र आध्यात्मिक प्रगति हासिल हुने धर्मशास्त्रमा उल्लेख गरेको पाइन्छ । समाज र संस्कृतिको संरक्षण र समृद्धिमा योगदान हुन्छ । मानिस आफ्नो उत्तरदायित्व पूरा गर्दै धर्म, ज्ञान र सत्यको मार्गमा अघि बढ्छ ।
पितृ ऋण
पितृ ऋण भनेको आफ्ना पूर्वजप्रतिको कृतज्ञता र दायित्व हो । यसलाई चुकाउन श्राद्ध, तर्पण, सत्कर्म र परम्पराको पालन गर्नुपर्छ । यो ऋण चुकाउनु मानव धर्मको अनिवार्य भाग हो, जसले व्यक्तिगत र सामाजिक जीवनमा सद्भाव र समृद्धि ल्याउँछ ।
पितृ ऋण हाम्रा पितृ (पूर्वज, आमा–बुबा, तथा वंश परम्परा) प्रतिको दायित्व हो । यसलाई हाम्रो अस्तित्वका लागि पूर्वजहरूको योगदानप्रतिको कृतज्ञता मानिन्छ । पितृ ऋण भनेको हाम्रा पूर्वजहरूले जन्म, पालन–पोषण, संस्कार, र वंश परम्परा जोगाउन गरेका योगदानप्रतिको ऋण हो । धर्मशास्त्र अनुसार हरेक व्यक्तिले यो ऋण चुकाउन आफ्नो उत्तरदायित्व पूरा गर्नुपर्छ ।
पूर्वजहरूले नै हाम्रो अस्तित्व सम्भव बनाएका छन् । उनीहरूले शिक्षा, परम्परा र धर्मको मार्गदर्शन दिएका छन् । हाम्रा पूर्वजहरूले वंशको निरन्तरता र कल्याणका लागि पनि योगदान दिएका छन् ।
कसरी चुकाउने पितृ ऋण
पितृ ऋणबाट मुक्त हुन धर्मशास्त्रले निम्न कार्य गर्न सुझाएको छः
१. श्राद्ध कर्म
पितृ ऋण चुकाउन श्राद्ध, तर्पण र पिण्डदान गर्नुपर्छ । विशेष गरी, भाद्र कृष्ण पक्षलाई पितृ पक्ष भनिन्छ । पितृहरूको आत्माको शान्तिका लागि अनुष्ठान (सोह्रश्राद्ध) गर्नुपर्छ ।
२. वंश परम्परा कायम राख्नु
आफ्नो वंशको निरन्तरता र परम्परालाई जीवन्त राख्न सन्तानको जन्म तथा उचित पालनपोषण गर्नुपर्छ । वंशलाई धर्म, संस्कृति र मूल्यहरूमा आधारित शिक्षा दिनुपर्छ ।
३. पूर्वजहरूको सम्मान
आमा–बुबा र वृद्ध सदस्यको सेवा र आदर गर्नुपर्छ । जीवित अवस्थामा उनीहरूलाई सुखी राख्ने प्रयास गर्नुपर्छ ।
४. दान र धर्मकार्य
पितृहरूको नाममा दान दिनुपर्छ । विशेष गरी अन्न, वस्त्र तथा आवश्यक सामग्री जरुरतमन्दलाई दिन सकिन्छ । यस्तै, धर्म स्थापनाका कार्यमा पनि सहयोग गर्नुपर्दछ ।
५. परोपकार र सत्कर्म
गरिब, असहाय र जरुरतमन्दहरूको सेवा गरेर पनि पितृ ऋण चुकाउन सकिन्छ । आफ्नो कार्यद्वारा समाजलाई सकारात्मक योगदान दिनुपर्दछ ।
६. पितृहरूको स्मरण
हरेक महत्वपूर्ण कार्य गर्नु अघि पितृहरूको स्मरण र आशिर्वाद लिन जरुरी छ । उनीहरूको आत्माको शान्ति र उन्नतिका लागि प्रार्थना गर्नुपर्दछ ।
पितृ ऋण चुकाउनाले आत्मिक शान्ति र जीवनमा सन्तुलन प्राप्त हुन्छ । जसले गर्दा पूर्वजहरूको आशिर्वाद प्राप्त हुनेछ । यो कार्यले वंश, धर्म र संस्कृतिको संरक्षणमा योगदान पु¥याउँछ । पितृ ऋण नचुकाई मोक्ष प्राप्त गर्न सकिँदैन भन्ने धार्मिक ग्रन्थहरूमा उल्लेख गरेको पाइन्छ ।
प्रकाशित मिति: बुधबार, माघ १६, २०८१ ११:५८