ललितपुर । प्रेस चौतारी ललितपुरको अध्यक्षमा नबीन लुइँटेल चयन हुनुभएको छ । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले उद्घाटन गर्नुभएको छैटौं जिल्ला अधिवेसनले लुईटेलको नेतृत्वमा १३ सदस्यीय कार्यसमिति चयन गरेको हो । अधिवेसनले उपाध्यक्षमा शान्ति घिमिरे र अशोक दुलाल, सचिवमा सन्तोष दाहाल तथा सहसचिवमा लक्ष्मण दुलाल र रवि मर्हजनलाई चयन गरेको छ । समितिको कोषाध्यक्षमा समिर थापालाई चयन गरिएको छ भने सदस्यहरुमा सुभानु आचार्य, नरेन्द्र चालिसे, विकास माली, टीका रसाइली, सुस्मिता अधिकारी, ज्ञानु दुलाल चयन गरिएको छ ।
अधिवेसन उद्घाटन गर्दै एमाले उपमहासचिव ज्ञवालीले नेकपा एमाले विरुद्ध चौतर्फि रुपमा भ्रम सिर्जना गर्ने प्रयास भईरहेकोले तथ्यमा उभिएर भ्रमहरुको खण्डन गर्न तथा वैचारिक सशक्तिकरणका अभियान सञ्चालन गर्न आग्रह गनुृभयो । पार्टीको कार्यवाहक महासचिव समेत रहनुभएका ज्ञवालीले बर्तमान गठबन्धन सरकार सहमतिको जगमा बलियोसँग उभिएकोले बाहिर चलेका हल्ला र भ्रमहरुले खासै असर नगर्ने पनि दोहो-याउनुभयो ।
प्रेस चौतारी ललितपुरका अध्यक्ष वालमुकुन्द आचार्यको अध्यक्षतामा भएको अधिवेसनमा चौतारीका महासचिव हिरामान लामा, बागमती प्रदेश सभाका सांसद रघुनाथ महर्जन, नेकपा एमाले ललितपुरका नेता रमेशचन्द्र घिमिरे, नेपाल पत्रकार महासंघ ललितपुरका अध्यक्ष रामहरी कार्की, चौतारीका नेता विश्वमणी सुवेदी, चौतारीका केन्द्रीय सदस्य ईश्वरराज ढकाल, प्रेस चौतारी ललितपुरका पूर्व अध्यक्ष रमेश प्रसाद तिमल्सिना, प्रेस युनियन ललितपुरका अध्यक्ष केदारनाथ दाहालले बोल्नुभएको नवनिर्वाचित सचिव सन्तोष दाहालले बताउनुभयो ।
अधिवेसनले वालमुकुन्द आचार्य, घनश्याम धमला, शान्ति घिमिरे, प्रविणकुलुङ राई, अशोक दुलाल र सन्तोष दाहाललाई केन्द्रीय महाधिवेसन प्रतिनिधि चयन गरेको छ भने जीवी लामा, सौगात मिश्र, नवराज सञ्जेल, दिपकप्रसाद घिमिरे, सुभानु आचार्य र विधान रिजाललाई प्रदेश अधिवेसन प्रतिनिधि चयन गरेको सचिव दाहालले बताउनुभयो ।
पौडेल र घिमिरेलाई क्रियाशील पत्रकारिता पुरस्कार
प्रेस चौतारी ललितपुरले स्थापना गरेको क्रियाशील पत्रकारिता पुरस्कार नेपाल प्रेस डटकमका सम्पादक मातृका पौडेल र स्वतन्त्र पत्रकार विष्णु कल्पितलाई प्रदान गरिएको छ । कल्पित स्वतन्त्र भिडियो एजेन्सी सञ्चालक तथा अल जजिरामा नेपालबाट पत्रकारिता गरिरहनुभएको छ ।
प्रकाशित मिति: बिहीबार, माघ १७, २०८१ १६:३९