सिताराम हाछेथु
नगर प्रहरी प्रमुख, ललितपुर महानगरपालिका
ट्राफिक प्रहरीमा जागिरे जीवन विताएर रिटायर्ड लाइफ विताउने मुड बनाएका परिचित ट्राफिक प्रहरी सिताराम हाछेथुको अहिलेको दैनिकी पनि उस्तै छ तर परिचय भने फेरिएको छ । ‘बर्दी फेरिएको हो ड्युटीफूल दैनिकी बदलिएको छैन’ कुराकानीका सन्दर्भमा हाछेथु दोहोर्याउनुहुन्छ । ललितपुर महानगरपालिकाको नगर प्रहरी प्रमुखको जिम्मेवारीमा नियुक्त भएर झण्डै साँढे ४ वर्ष कार्यकाल व्यतित गर्नुभएका हाछे्थुसँग ललित सन्देशका लागि गरिएको कुराकानी
ट्राफिक प्रहरीमा परिचय बनाउनुभयो, रिटायर्ड लाइफमा नगर प्रहरी प्रमुखको जिम्मेवारीमा हुनुहुन्छ । सेवाका अन्तर सहित कस्तो अनुभव भईरहेको छ ?
खासमा म प्रहरीमा नै अचममले पुगेको थिए । प्रहरी सेवामा प्रवेश गर्नुको प्रसंग नै फरक खालको छ । खासमा विवाह गरेपछि पनि ठिक ढङ्गले काममा नलागेको भनेर परिवारमा नै समस्या आउने भएपछि प्रहरी जवानमा भर्ना हुन गएको हुँँ । त्यसपछि जसरी पनि गर्ने हुटहुटीले मलाई ट्राफिकमा पु¥यायो । ट्राफिकमा यसरी काम गरेँ कि मलाई कामले नै चिनायो । मैले प्रहरीमा चेन अफ कमाण्डभित्र रहेर क्रियटिभ ढङ्गले काम गरेकाले नै त्यसको सकारात्मक प्रभाव विस्तार भयो । यसले मलाई चिनाउन सहयोग भयो । मैले जागिरे जिवनमा ड्युटीभन्दा बाहेक मेरो अर्को विकल्प सोचिनँ । म जहाँ काम गर्छु १०० प्रतिशत दिने हो । समय, सीप, सोच सबै लगाएर परिणाम सकारात्मक बनाउने हो । ट्राफिकबाट अवकाश भएपछि निजी जिवन विताउने कि भन्ने पनि थियो । तर ललितपुर महानगरपालिकाको मेयर चिरिबाबु महर्जनले मलाई वाच गरिरहनुभएको रहेछ र ललितपुरमा केही काम गरौं भन्नुभयो । ललितपुरले भोग्नुपरेका ट्राफिक समस्या तथा अन्य धेरै कामहरु जुन नगर प्रहरीमार्फत गराउनुपर्छ त्यसलाई अलि सोच सहितको काम गर्ने गरी आइदिनुस भनेपछि म आउटसोर्सिङ् कन्सल्ट्यान्टको रुपमा यहँँको सामान्य नगर प्रहरी जवानको भन्दा कम तलवमा नगरवासीको सेवाको लागि काम गरिरहेको छु । अरु अनुभवका अन्तरभन्दा पनि मलाई ड्युटीफुल हुनुमा गर्व छ । अहिले पनि विहान ७ बजेदेखि ड्युटीमा हुन्छु । विवाह भएदेखि अहिलेसम्म जम्मा ३ दिन बाहेक मैले घरबाहिर विताएको छैन ।

खासमा नगर प्रहरीको नेतृत्वमा आएपछि तपाइको नेतृत्वमा भएका कामहरु के के हुन् ?
धेरैले सोच्ने गर्छन् नगर प्रहरी भनेको फुटपाथ र ठेलाका तरकारी बेच्ने साना व्यापारीलाई लखेट्ने । नियम विपरित हुँदा भत्काउने काम गर्ने काम सोच्नुभएको हुनसक्छ । नगरप्रहरीको काम त्यो भन्दा फरक छ । मैले टेवलमै राखेको पनि छु । केही दिन अघि नगरपालिकोको लेखा परीक्षणका सिलसिलामा महालेखाको एकजना परीक्षकले पनि सोध्नुभएको थियो के के काम छन् तपाईको मातहतमा भनेर । मैले त्यहाँ पनि यहि लिस्ट (लिस्ट देखाउँदै) पढेर सुनाएको थिएँ । विपतमा नगर प्रहरी, आगलागी भयो नगरप्रहरी, एम्बुलेन्स चाहिँदा नगर प्रहरी, ढल जाम हुँदा, पार्किङ् व्यवस्थापन गर्नुपर्दा, शववाहन चाहिँदा नगर प्रहरी, मानव सेवामा नगर प्रहरी, सम्पदा क्षेत्रमा नगर प्रहरी, सचेतना जागरणमा नगर प्रहरी, जात्रा पर्व सुरक्षामा, जंको भीम रथारोहणमा नगर प्रहरी, बजार व्यवस्थापन, बजार अनुगमन, शोक ¥याली, अनधिकृत विज्ञापन हटाउने लगायतका कामहरुमा नगर प्रहरी परिचालित हुनुपर्छ । यो पुरै सूची पढि नसक्दै भयो भयो भन्नुभयो उहाँले । यो लिस्टमा भएबाहेक पनि भैपरि आउँछन् ४२ प्रकृतिका कामहरु नगर प्रहरीले गर्नुपरिरहेको छ । यी काम जुनसुकै बेला पर्न सक्छन् ।
ललितपुर महानगरपालिका भित्र अहिले भित्री चोकहरुमा पनि ट्राफिक लाइटहरु राखिएका छन् । यो लाइटको सिष्टमले ट्राफिक व्यवस्थापनमा कसरी सहयोग गरेको छ ?
चिरिबाबु महर्जन मेयर ज्यूले एकदिन भन्नुभयो मैले चुनाव जितेर आएपछि ट्राफिक व्यवस्थापन, शहरी सौन्दर्य, हरियाली व्यवस्थापन लगायतका काममा नमूना ढंगले काम गर्छु भनेर चुनाव जितेर आएको थिएँ तर म घरबाट हिँडेर अफिस आउन ५ मिनेटमा आइपुग्नेमा गाडीमा आउँदा १५ देखि २० मिनेट लाग्छ । म आफ्नै यो हालत छ जनतालाई के जवाफ दिउँ ? दुई दुई पटक चुनाव जितेर आएँ यो ट्राफिक लाइटको काम अझैसम्म राम्रो गर्न सकिएको छैन केही राम्रो प्रविधि राखौं भन्नुभयो । मैले आफ्नो अनुभवले भ्याएसम्मको सहजीकरण गरेर लाइट राखियो । नगर प्रमुख उपप्रमुखले यो कार्यकालमा जनतालाई फाइदा हुने र देख्न सकिने केही काम गरौं भन्ने हुटहुटी छ । नगर प्रहरी परिचालन गरेर गर्नुपर्ने समग्र युनिटलाई स्रोत साधन सम्पन्न बनाउनुभएको छ । यो काम गर्ने वातावरणको निर्माण हो । यसले हाम्रा नगर प्रहरी साथीहरुले निर्भिकताका साथ काम गर्ने वातावरण बनेको छ । हामीसँग ढल खोल्ने जेटीइ मेसिन, फोहोर उठाउने गाडी, जेसिबी, गाडी उठाउने गाडी, स्काइ लिफ्ट, मोटरसाइकलहरु किनिदिनुभएको छ । नगरभित्रको कुनै पनि समस्या हुँदा तत्काल त्यहाँ नगर प्रहरी पुग्ने अवस्था बनेको छ । ट्राफिकका सन्दर्भमा हाम्रो महानगर एरियाभित्र कहिँ पनि २ मिनेटभन्दा बढी जाममा बस्नुपर्दैन । तर काठमाडौंको सिमाना थापाथलीको जामका कारणले कहिलेकाँहि कुपण्डोलमा जाम लम्बिन्छ । नगरपालिकाको बाहिर देखिने कामको पिल्लर नगर प्रहरी हो ।
पोलपोलमा पोष्टर टाँसेर हेरिसाध्य थिएन । हामीले पोष्टर हटायौं र त्यसमा हरियो रंग लगाईदियौं, यसले शहरको सौन्दर्यीकरणमा धेरै परिवर्तन आयो । हामीले महानगरभित्रका ९ हजार ८ सय ५६ वटा विजुलीका खम्बाका ६ फिट रंग लगाईदियौंँ त्यसपछि त्यो सफा पोलमा कसैले फोहोर गरेनन् ।
बाहिरी काममा नगर प्रहरी कसरी खटिन्छ ?
नगरपालिकाभित्रका पोलपोलमा पोष्टर टाँसेर हेरिसाध्य थिएन । हामीले पोष्टर हटायौं र त्यसमा हरियो रंग लगाईदियौं, यसले शहरको सौन्दर्यीकरणमा धेरै परिवर्तन आयो । हामीले महानगरभित्रका ९ हजार ८ सय ५६ वटा विजुलीका खम्बाका ६ फिट रंग लगाईदियौंँ त्यसपछि त्यो सफा पोलमा कसैले फोहोर गरेनन् । खासमा फोहोर भएको ठाउँमा फोहोर गर्ने रैछन्, सफा बनाईदिए त फोहोर नगर्ने रहेछन् नि भन्ने पाठ सिकियो । यसले शहरी सौन्दर्भमा राम्रो मेसेज गएको छ । बाटोको सौन्दर्य नै हेर्नुस् न हाम्रा हरेक चोकमा परम्परागत नाम भएका बोर्ड राखिएका छन् । सडकमा हाम्रो नगर प्रहरीले सकारात्मक सन्देश सम्प्रेषण हुने सन्देशमूलक सामग्रीहरु स्टोन आर्ट लगायत गरेर आकर्षक बनाएका छौं । नगर प्रहरीले समस्या भएको ठाउँमा आफ्नो उपस्थिति बढाएका छौं । रिङरोडभित्र समस्या ज्यादा छ । गाडी नभएका घर छैनन्, राख्ने ठाउँ छैन । दरवार स्क्वायर, चिडियाघर र झम्सिखेल जस्ता चहलपहल हुने ठाउँहरु छन् । लगनखेल, मंगलबजार, बंगलामुखी जस्ता ठाउँहरुलाई प्राथमिकता दिएर काम गरिरहेका छौं । आवश्यक पर्दा हामी रिङरोड बाहिरका क्षेत्रमा पनि चाहिएको काममा पुगेका छौं ।

फुटपाथमा सानो लगानीका पसलहरु राख्नेलाई कुटेर लखेटेर सामान जफत गरेर महानगरको सौन्दर्य बढ्ने होइन नि । उनीहरुले सानो लगानीमा राखेको पसलबाट बालबच्चा पढाएका छन्, दुई छाक भात खुवाएका छन् । एकजोर कपडा लगाइदिन सकेका छन् । यो सडक उनीहरुको जिन्दगी बदलिदिने एउटा राम्रो भाग्य विधाता नै भएको छ धेरैको अनि त्यो भाग्य खोसिदिने त होइन नि हामीले ।
अन्यत्र नगरपालिकाका नगरप्रहरी भन्दा ललितपुरका नगर प्रहरीको भिन्नताको विशेषता के छ ?
हाम्रो नगर प्रहरी नगरवासीको सेवामा छु भन्ने मनोभावनाका साथ काम गरिरहेका छन् । पहिले हामीले नगरप्रहरीको युनीफर्म बदलेर युनिक आकर्षक युनीफर्म व्यवस्था ग¥यौं जसले फस्ट लुक नै युनिक र आकर्षक बनाएको छ । दोश्रो हाम्रा प्रहरी टीमको मनोविज्ञानमा परिवर्तन हामीले फुटपाथ हटाउने भन्दा हटाउन अनुरोेध गर्ने गरेका छौं । फुटपाथमा सानो लगानीका पसलहरु राख्नेलाई कुटेर लखेटेर सामान जफत गरेर महानगरको सौन्दर्य बढ्ने होइन नि । उनीहरुले सानो लगानीमा राखेको पसलबाट बालबच्चा पढाएका छन्, दुई छाक भात खुवाएका छन् । एकजोर कपडा लगाइदिन सकेका छन् । यो सडक उनीहरुको जिन्दगी बदलिदिने एउटा राम्रो भाग्य विधाता नै भएको छ धेरैको अनि त्यो भाग्य खोसिदिने त होइन नि हामीले ।
अहिले हाम्रो मेयरसापले भन्नुहुन्छ ‘फुटपाथमा पसल राख्नेलाई लखेट्ने होइन, विदेशमा पनि फुटपाथ राख्न पाइन्छ, जस्तासुकै विकसित देशमा पनि छ, अमेरिका जापान जहाँसुकै दिइन्छ ।’ यही भनेरै मंगलबजार देखि लगनखेलमा विहान ८ बजे अगाडि र साँझ ५ बजे पछाडी फुटपाथ बजार राख्न दिने नीति लिइएको छ
ललितपुरले फुटपाथ व्यवस्थापनमा कसरी काम गरेको छ ?
फुटपाथमा पसल राख्नेहरुका सामान खोस्ने, गाडीमा उठाएर ल्याउने उनीहरुलाई त्रसित गराउने काम धेरै ठाउँमा भएको छ । म आउनुअघि ललितपुरमा पनि त्यस्तो रहेछ तर म आएपछि मैले त्यसलाई रोकेँ । एक दुई सय कमाइ हुन्छ भन्ने आशामा सानोतिनो लगानी गरेकाहरुलाई दुख दिने होइन सम्झाएर वैकल्पिक पेशामा लाग्न अनुरोध गर्ने । विकल्प नभएकाहरुलाई समय तोकेर ठाउँ तोकेर राख्न दिने । हामी उनीहरुको सामान कहिल्यै खोस्दैनौं । सामान उठाएर ल्याउँदैनौं । २ वर्षसम्म जबर्जस्ती सामान राख्नेहरुको सामान फुटपाथबाट हटाइदियौं तर उनीहरुलाई नै जिम्मा लगाइ पठाउने ग¥यौं । कुपण्डोल एरिया, कुमारीपाटी एरिया कहिँ फुटपाथ राखिएको छैन । लगनखेल देखि मंगलबजारसम्म साँझ ५ बजेपछि राख्न दिएका छौं । त्यो समय दिने भनेपछि त्यहि बेला आउँछन् तोकिएको ठाउँमा राख्छन् । सस्तोमा सामान किन्न खोज्ने पनि त पाएका छन् । शहर त धनीहरुको मात्रै पनि त होइन । कम आम्दानी गर्नेहरुको पनि त शहर हो । सबैले शपिङ कम्प्लेक्समै सपिङ गर्न सक्छन् भन्ने पनि त छैन । मेरो बाजे पनि भक्तपुरबाट हिँडेर लगनखेल आएर सामान किनेर जानुहुथ्यो । अहिले महानगरको वडाका रुपमा रहेका भैसेपाटी, खोकना, बुंगमती, हरिसिद्धि, धापाखेल लगायत छिमेकी नगरपालिकाका धेरै ठाउँबाट हिँडेर आएर किनमेल गर्ने ठाउँ लगनखेल मंगलबजार एरिया हो । त्यसैले यहाँको बजार त सभ्यता भईसक्यो । अनि महानगरको सौन्दर्य भनेर सम्पदा भत्काउन त पाइएन नि । अहिले हाम्रो मेयरसापले भन्नुहुन्छ ‘फुटपाथमा पसल राख्नेलाई लखेट्ने होइन, विदेशमा पनि फुटपाथ राख्न पाइन्छ, जस्तासुकै विकसित देशमा पनि छ, अमेरिका जापान जहाँसुकै दिइन्छ ।’ यही भनेरै मंगलबजार देखि लगनखेलमा विहान ८ बजे अगाडि र साँझ ५ बजे पछाडी फुटपाथ बजार राख्न दिने नीति लिइएको छ यसले आम जनताबिचमा महानगरको निर्णय लोकप्रिय भएको छ । शहर सबैको हो यहाँ सबैको समान अधिकार छ भन्ने अनुभूति गराउन हामी लागेका छौं ।
फुटपाथ हटाइएको ठाउँमा घरधनी र भाडा तिरेर व्यवसाय गरिरहेकाहरुको चै कस्तो प्रतिक्रिया आउँछ ?
खासमा भन्ने हो भने फुटपाथ हटाइँदा अर्थतन्त्रमा नै नराम्रो असर पर्दोरहेछ यो मेरो अनुभव हो । एउटा पसल राख्ने मानिसले ५ हजारको सामान लिएर पसल राख्न बस्यो भने उसले बच्चाको पिस तिर्छ, घरधनीको भाडा तिर्छ, किराना पसलमा सामान किनेको छ त्यहँँ पैसा तिर्छ, यसरी धेरैजनाको अर्थतन्त्र एउटा सानो लगानीको पसलमा जोडिएको छ । फुटपाथ छ भने त्यहाँ एउटा सामान किन्न पसेको छ भने अर्को देख्छ यसो हेरौं जस्तो लाग्छ थप सामान किन्छ । एउटै पसलमा मात्र नभै अर्को अर्को पसलको सामान पनि विक्री हुन्छ । हिँडेर सामान किन्दा भोक लाग्छ बच्चाले केही सामान किन्न कर गर्छ, केही खान मान गर्छ, अरु अरु पनि व्यापार हुन्छ । यसरी व्यापार बृद्धि हुन्छ । सानो आर्थिक क्षमता भएकाहरुलाई पनि सामान खरिद गर्ने मोह बढ्छ । खरिद चाहना र क्षमता बढेपछि उसले आय क्षमता र आय चाहना पनि बढाउँछ समग्रमा आर्थिक गतिविधि नै बढ्छ तर औषत आय भएकाहरुको किनमेल हुने केन्द्र नै बन्द गरिदिँदा एउटा वर्गको किनमेलको कल्चर नै भंग भएको छ । यसले आर्थिक मन्दीलाई नै सघाएजस्तो लागिरहेको छ । त्यसैले मध्यमवर्ग र कम आय भएका वर्गको आवश्यकताका बजारमा हस्तक्षेप गर्नु हुँदैन । ललितपुर महानगरपालिकामा मेयर उपमेयर लगायत जनप्रतिनिधिहरु पनि गरिबलाई डण्डा लगाऔं, घोक्र्याऔं उठाऔं भन्ने सोचाइमा हुनुहुन्न । हामी पनि छैनौं । काठमाडौंका सहकारीहरुको दैनिक कारोवार र सँस्था सञ्चालनको एउटा प्रमुख धरोहर नै भत्किएको छ । दुई लाख फुटपाथ व्यवसायीहरु काठमाडौंबाट विस्थापित हुँदा अर्थतन्त्रमा ठूलो असर प-यो भनेर मेरो एकजना चिनजानका वानेश्वरतिरका व्यवसायीले भन्नुभयो मलाई पनि हो जस्तै लाग्यो । यो आत्मनिर्भर व्यवसाय गर्ने उद्यमशील वर्गलाई झट्का लागेजस्तो भएको छ । २ लाख मानिसबाट दिनमा सय रुपैयाँ बचत गर्दा पनि २० करोड बचत संकलन हुन्थ्यो सहकारीमा । एउटा फुटपाथ व्यवसायीले आठ १० वटा सहकारीमा बचत गरेको हुन्थ्यो भनेर उनले भन्थे । अहिले यसो सोच्छु हो जस्तै लाग्छ । यो अर्थमा ललितपुर महानगरले धेरै सोची विचारी निर्णय गरेको दूरगामी निर्णय छ ।
सहकारी संकटमा पनि फुटपाथ व्यवसाय जोडियो त उसोभए ?
फुटपाथबाट विस्थापित २० लाख व्यवसायीले आफ्नो बचत रकम माग्न सहकारीमा लाइन लाग्दा त उनीहरुलाई पनि संकट त पर्ने नै भयो । सहकारीमा भएको सबै विकृति विसंगति ठगी र पैसा फिर्ता नदिइ अफिस बन्द गर्ने खालका अवस्थाको कारण यही फुटपाथ बन्द त होइन तर चलिरहेकै राम्रै अवस्था भएका सहकारीमा पनि व्यवासायीहरु लाइन लाग्दा गाह्रो भएको हुन सक्छ । आखिर फुटपाथ बन्द भएपछि व्यवसायीहरु त आफ्नो बचत रकम खोज्दै गएका छन् ।
प्रकाशित मिति: सोमबार, माघ २८, २०८१ १९:०९