ललितपुर जिल्लाका ६ वटा स्थानीय तहमध्ये सँस्थागत स्वमूल्यांकनमा ललितपुर महानगरपालिका सर्वोत्कृष्ट भएको छ । ललितपुर जिल्लाको औषत ८५.९५ प्रतिशत रहँदा ललितपुर महानगरपालिकाले ९३.५ प्रतिशत अंक प्राप्त गरेको छ । विभिन्न १० सूचकहरुमा गरिने स्वमूल्यांकनमा सहकार्य र समन्वय, सामाजिक समावेशीकरण, न्यायिक कार्यसम्पादन, वित्तीय एवम् आर्थिक व्यवस्थापन, संगठन तथा प्रशासनमा सतप्रतिशत अंक प्राप्त गरेको छ ।
यस्तै जिल्लाको दोश्रो उत्कृष्ट वागमती गाउँपालिकाको ९०.५ प्रतिशत अंक प्राप्त भएको छ । वागमती गाउँपालिकाको शासकीय प्रवन्ध, संगठन तथा प्रशासन, वित्तीय एवम् आर्थिक व्यवस्थापन, न्यायिक कार्यसम्पादन, सहकार्य र समन्वयमा सतप्रतिशत अंक प्राप्त गरेको छ ।
तेस्रोमा रहेको गोदावरी नगरपालिकाको औषत ८७.५ अंक रहेको छ । यो नगरपालिकाको संगठन तथा प्रशासन र वातावरण संरक्षण तथा विपत व्यवस्थापनमा १०० प्रतिशत अंक छ भने सहकार्य र समन्वयमा कमजोर ५८.३३ प्रतिशत मात्रै रहेको छ ।
वित्त आयोगको मूल्यांकनमा कार्यसम्पादन मूल्यांकनतर्फ ललितपुरको सर्वोत्कृष्ट भएको कोञ्ज्योसोम सँस्थागत सँस्थागत क्षमता स्वमूल्यांकनमा चौथो स्थानमा रहेको छ । सँस्थागत क्षमता स्वमूल्यांकनमा ८२.७५ प्रतिशत अंक ल्याएको छ । शासकीय प्रवन्ध, न्यायिक कार्यसम्पादन र संगठन तथा प्रशासनमा सतप्रतिशत अंक ल्याएको यस गाउँपालिकाको सामाजिक समावेशीकरणतर्फ सबैभन्दा कम ५० प्रतिशत रहेको छ ।
यस्तै महालक्ष्मी नगरपालिकाको सँस्थागत क्षमता स्वमूल्यांकनतर्फ ७५.५ प्रतिशत अंक प्राप्त भएको छ । वित्तीय एवम् आर्थिक व्यवस्थापनमा सतप्रतिशत अंक प्राप्त गरेको छ भने सबैभन्दा कम सहकार्य तथा समन्वयमा १६.६७ प्रतिशत प्राप्त गरेको छ ।
ललितपुरको महाँकाल गाउँपालिकाले भने विवरण सार्वजनिक गरेको छैन । गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत, लेखा अधिकृत र सूचना प्रविधि अधिकृत एकैपटक सरुवा भएको र प्रशासनिक नेतृत्वमा एकैपटक रिक्तता भएकोले समयमा सार्वजनिक गर्न नसकिएको गाउँपालिका अध्यक्ष गणेश बहादुर केसीले बताउनुभयो । मूल्यांकन भईसकेको नतिजा छिट्टै सार्वजनिक गरिने पनि अध्यक्ष केसीले बताउनुभयो ।
सँस्थागत क्षमता स्वमूल्यांकनमा नेपालको औषत अंक ८१.२९ प्रतिशत हुँदा प्रदेशतर्फ लुम्विनी सर्वोत्कृष्ट भएको छ । लुम्विनी प्रदेशको ८६.४७ प्रशिशत अंक रहेको छ भने दोश्रोमा कर्णाली प्रदेश रहेको छ । कर्णालीको स्वमूल्यांकन ८५.४५ रहेको । वागमती प्रदेशको ८३.७५ प्रतिशत, सुदूर पश्चिम ८०.२९, गण्डकी ८४.५४, कोशी ८०.९६ प्रतिशत रहेको छ भने प्रदेशतर्फ सबैभन्दा कम मधेस प्रदेशको ७२.११ प्रतिशत रहेको छ ।
प्रकाशित मिति: सोमबार, फागुन ५, २०८१ ११:३८