काठमाडौं । नेकपा एमालेभित्र आफूलाई अपमान गरिएको भन्दै विद्रोहको नाममा विभाजनको बाटो लिएका माधव कुमार नेपाललाई एकीकृत समाजवादीभित्र हिजोका आफ्नै एजेण्डा र सहयात्रीहरु अत्याशलाग्दा बनेका छन् । अध्यक्ष नेपाललाई यतिबेला आफ्नै एजेण्डा र आफ्नै सहयात्रीसँग तर्सिएर विधि, मापदण्ड वा अनुशासनका नाममा फरक मतलाई लगाम लगाएको देखि प्रश्नसँग तर्सिएको आरोप लागिरहेको छ । २०७७ पुष ५ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि अध्यक्ष ओली विरुद्ध आन्दोलन गर्नका लागि माधव कुमार नेपाल र प्रचण्डको नेतृत्वमा भएका आन्दोलनमा उठाएका एजेण्डाहरु पुष्टि हुन नसकेको भन्दै त्यस यताका हरेक श्रृङ्खलामा प्रश्नहरु उठ्न थालेपछि नेपाल निरुत्तरित र बहानाकेन्द्रित हुँदै रक्षात्मक बनिरहनुभएको छ ।
विद्रोबाट नेकपा एकीकृत समाजवादी निर्माण भएपछि अध्यक्ष माधव नेपालले धेरै सभाहरुमा र वैठकहरुदेखि अन्तरवार्ताहरुमा भन्ने गरिएको एउटा सदावहार जस्तै तर्क वा तथ्य थियो आफूलाई पार्टीभित्र अपमान भयो । फरक मतमाथि नेतृत्वले दमन गर्दै निषेधको नीति लियो । तर आज आफ्नै नेतृत्वमा पार्टी निर्माण गरेपछि अध्यक्ष नेपालको विशेषता नै बन्न लागिसक्यो आफूले ल्याएका प्रस्ताव वा निर्देशनलाई जबर्जस्ती पार्टी निर्णय भन्ने र आफ्नो निर्देशनलाई नमान्नेलाई पार्टीविरोधी भन्दै पार्टी छोडेर गए हुन्छ भनेर मञ्चबाटै धम्कीको भाषा बोल्ने ।
यो सिलसिला अहिले फेरि दोहोरिएको छ शुक्रबारबाट ललितपुरमा सुरु भएको नेकपा एकीकृत समाजवादीको केन्द्रीय समिति वैठकमा ।
यो वैठकमा अनेरास्ववियुबाट भर्खरै बर्खास्तीमा परेकी अध्यक्ष आरती लामाले अध्यक्ष नेपालसँग कडा टक्कर लिने गरी प्रश्न उठाउनुभएको छ । लामाले पार्टीमा फरक विचार नसुनिएको र अपमान भयो भनेर गरिएको विद्रोह तपाइ एकजनाको अपमानको मात्रै कुरा हो ? भन्दै प्रश्न उठाउनुभएको छ । धेर युवा केन्द्रीय सदस्य तथा मनमा लागेर पनि बोल्न नसकेका केन्द्रीय सदस्यहरुको भावनाको् प्रश्न उठाउनुभएकी लामालाई अध्यक्ष नेपालले जबर्जस्ती बसाउन दवाव मात्रै दिनुभएन महासचिव घनश्याम भुसाललाई लगाएर बोल्न नै लगाम लगाउनुभयो ।
अध्यक्ष नेपालले वैठकको उद्घाटनकै क्रममा आचारसंहिताको नाममा आफ्नो प्रस्तावको नाममा एउटा प्रस्ताव ल्याएर फरक मतलाई अनैतिक गतिविधि समेत भन्न पछि नपर्नुभएको विषयले वैठक गर्माइरहेको बेलामा आरतीको एउटै प्रश्नले नेपाललाई भारी परेपछि वैठक तरंगित भएको छ ।
महाधिवेसनबाट सम्मानित नेता निर्वाचित भएको भन्दै घोषणा गरिएका झलनाथ खनाललाई समेत विधान छापिएर आउँदा केन्द्रीय समितिको निगाहमा सम्मानित नेता पद दिइने व्यहोराको विधान बाँडिएपछि झलनाथ खनाल पक्षका नेता कार्यकर्ताहरु झस्किएका छन् । तर पार्टी करिब करिब अध्यक्ष नेपालको कब्जामा परेको महसुस गरेका धेरैले आफ्नो बोली दबाईरहेका बेलामा आरतीले उठाएको आवाज आन्दोलनमा सल्किएको मसाल जस्तै दन्किएको छ वैठकमा सहभागी एक केन्द्रीय सदस्यले बताउनुभयो ।
अध्यक्ष नेपालले पटक पटक वैठकहरुमा भन्ने गरेको भाषा उद्धृत गर्दै ती नेताले भन्नुभयो –‘उहाँले पटक पटक नेतृत्वलाई नमान्ने, विधि नमान्ने र पार्टी नीतिको विरोधमा बोल्नेहरुले बरु पार्टी छोडेर गए हुन्छ भनेर पटक पटक भन्नुभएको छ धेरै नेताहरुले त उहाँको यो अपमान सहन नसकेर कोही पुरानै घर भन्दै एमाले फर्कनुभयो
आरतीले उठाएको प्रश्न जायज भएको बताउँदै ती केन्द्रीय सदस्यले भन्नुभयो–‘धेरै नेताहरुले प्रश्न उठाउने तर अध्यक्षले जे जवाफ दिए पनि चुपचाप मान्ने गर्नुहुन्थ्यो तर आज आरतीजीले चेतावनीको भाषामा तपाइको लागि मात्रै हामी सबै सकिन तयार भएका होइनौ हाम्रो आफ्नो पनि स्वाभीमान छ भनेर बोल्नुभयो, अध्यक्षको शैली ओलीको भन्दा भिन्न भएन शैली नबदलिने भए हामीलाई एमाले नै ठिक छ फर्किएका मुकुन्द न्यौपाने, केदार न्यौपानेहरु देखि धेरै साथीहरुको पहिलो विषय स्वाभीमानमाथि अध्यक्षको आक्रमण हो ।’
प्रकाशित मिति: शनिबार, फागुन १०, २०८१ २१:०६