‘राज्यको नियन्त्रण निर्देशन तथा दबाब विना स्वतन्त्र रूपमा सञ्चालित वा माग र पुर्तिको अन्तरक्रीयाबाट मूल्य निर्धारण हुने अर्थतन्त्रलाई बजार अर्थव्यवस्था भनिन्छ। पूँजीवादी अर्थतन्त्रलाई Market Economy पनि भन्ने गरिन्छ । ‘मार्केट इकोनोमी (बजार अर्थतन्त्र) भन्नाले एउटा यस्तो आर्थिक प्रणाली हो जहाँ उत्पादन, वितरण, र मूल्य निर्धारण जस्ता आर्थिक गतिविधिहरू मुख्यतया (आपूर्ति र माग) को आधारमा स्वतन्त्र बजारको शक्तिहरूद्वारा नियन्त्रित हुन्छन्। यस प्रणालीमा सरकारको भूमिका सीमित हुन्छ, र अधिकांश निर्णयहरू निजी व्यक्ति, कम्पनिहरू, र बजारको अदान–प्रदानले गर्छन्।
मार्केट इकोनोमीका मुख्य विशेषताहरू :
१.निजी स्वामित्व: उत्पादनका साधन (जस्तै जग्गा, कारखाना, प्रविधि) निजी क्षेत्रको स्वामित्वमा हुन्छ।
२. आपूर्ति र मागको नियम: वस्तु र सेवाको मूल्य र मात्रा ग्राहकको माग र उत्पादकको आपूर्तिको आधारमा तय हुन्छ।
३.स्वतन्त्र प्रतिस्पर्धा: व्यवसायहरू बजारमा गुणस्तर, मूल्य, र नवीनताको आधारमा प्रतिस्पर्धा गर्छन्।
४. सरकारी हस्तक्षेप न्यून: सरकारले मुख्यतया कानून, नियम, र न्यायिक प्रणाली मात्र व्यवस्थापन गर्छ, बजारमा प्रत्यक्ष नियन्त्रण गर्दैन।
५. लाभको उद्देश्य: व्यवसायहरू आफ्नो लाभ बढाउने उद्देश्यले निर्णय गर्छन्।
माथीका दुई परिभाषा र यसका मुलभुत पक्षहरुलाई अध्ययन गर्ने हो भने वजारमा विक्ने वस्तु उपभोक्ताको मागको आधारमा वजारले उत्पादन र विक्रि गर्छ साथै मूल्य निर्धारण पनि वजारले नै गर्दछ। गुणस्तर र प्रबिधीको प्रयोगको आधारमा मूल्य निर्धारण गर्दछ।तर आधुनिक समयमा शुद्ध बजार अर्थतन्त्र भनेको दुर्लभ छ। धेरै देशहरूले बजार प्रणाली र सामाजिक सुरक्षा (मिश्रित अर्थतन्त्र) मिलाएका छन्।यो त भयो साच्चै ईकोनोमिक थ्योरीका कुरा । सुचना र प्रबिधिको क्षेत्रमा आएको विकासले यसलाई पनि प्रभावित वनाईरहेको छ। वजारमा के विक्छ कसैले भन्न नसक्ने अवस्था वन्दैछ।
सूचना वा जानकारी प्राप्त गर्ने टुल्सको रुपमा ‘गुगल’ र ‘विकिपिडिया’ को साम्राज्य थियो बिस्तारै ‘च्याट जिपिटी’ र ‘ए आई टुल्सहरु’ ले सो स्थान लिन सफल भए अब यतिखेर ‘डिप सिक’ले सवैलाई विस्थापित गर्ने जस्तो देखिन्छ। जवकि यी टुल्सहरुको निर्माण र संचालनको लागि हुने समय र आर्थिक लगानी वा खर्च ‘डिप सिक’ को सवैभन्दा कम छ र फाईदा यसको धेरै छ।अहिले हुर्किरहेको पुस्ता मार्केट ईकोनोमीवाट प्रशिक्षित हुँदै छ
उदाहरणको लागि केही वर्ष अगाडि सम्म सूचना वा जानकारी प्राप्त गर्ने टुल्सको रुपमा ‘गुगल’ र ‘विकिपिडिया’ को साम्राज्य थियो बिस्तारै ‘च्याट जिपिटी’ र ‘ए आई टुल्सहरु’ ले सो स्थान लिन सफल भए अब यतिखेर ‘डिप सिक’ले सवैलाई विस्थापित गर्ने जस्तो देखिन्छ। जवकि यी टुल्सहरुको निर्माण र संचालनको लागि हुने समय र आर्थिक लगानी वा खर्च ‘डिप सिक’ को सवैभन्दा कम छ र फाईदा यसको धेरै छ।अहिले हुर्किरहेको पुस्ता मार्केट ईकोनोमीवाट प्रशिक्षित हुँदै छ अत: उस्ले सामाजिक वा राजनैतिक काममा लाग्ने हो भने आफुलाई लगानिकर्ताको रुपमा मान्ने छ र त्यसको अत्यन्त कम लगानिमा उच्च प्रतिफल अत्यन्त कम समयावधिमा खोज्नेछ।
कारण यो पुस्ताले ‘डिप सिक’ वाट धेरै कुरा सिक्ने छ, न कि कार्यानुभव र आफैले गरेर वा अघिल्लो पुस्तासंग सोधेर नै । उनिहरुलाई के लाग्छ भने उनिहरुले जानकारी पाएकोनै अन्तिम सत्य हो।राजनिति र सामाजिक कार्य लाभ वा हानी हेरेर गर्नेहरुको संख्यामा हुने बृद्धीले सामाजिक र राजनितीक परिवेश नै परिवर्तन गर्ने तर्फ उद्यत् हुदैछ। उनिहरुले ‘डिपसिक’ ले झै थोरै समय र थोरै लगानिमा आफुलाई स्थापित र नं १ वनाउने चाहना राखेर ‘वजारमा’ प्रवेश लिएका हुन्छन। तर यो सामाजिक कार्यको क्षेत्र ‘मार्केटईकोनोमी’ को जनरल थ्येउरी भन्दा फरक पाटो हो।समाजको विकास र परिवर्तनको विषय लाभ हानी हेरेर गरिने कार्यवाट सम्भव छैन ।
विश्वभरिका परिवर्तनलाई हेरेर पनि बुझ्न सकिन्छ। हाम्रो देशको राजनैतिक र सामाजिक परिवर्तन र यसका वाहकहरुले लामो समय, त्याग, वलिदान एवं विना स्वार्थको निरन्तर राजनितीक र सामाजिक क्षेत्रको अगुवाईवाट मात्र सम्भव भएको देखिन्छ। जब जब स्वार्थ वा लाभ हेरियो देशले दुर्गति भोग्नु पर्यो भने जनताले दुख पाए। यस्ता घटना परिघटनाहरु उल्लेखनिय छन हाम्रो ईतिहासमा। अवको पुस्ताले आफुलाई के पाउछु , कहिले पाउछु , कस्ले दिन्छ , कसरी पाउछु जस्ता प्रश्नहरु सहित सामाजिक वा राजनितीक कार्यमा आफुलाई उभ्याउनेछन। यसलाई असान्दर्भिक र अब्यवहारिक पनि भनी हाल्नु मिल्दैन किनकी लगागि गरेपछि प्रतिफल त चाहियो , लगानि कर्ताले वजारमा मूल्य निर्धारण गर्ने चाहना राख्छ नै कारण यो मार्केट ईकोनोमी हो।
अब वजार र उपभोक्ता मनोविज्ञान वारे केही चर्चा गरौ
वजार र उपभोक्ता स्वभाविक रुपमा एक अर्का संग धनिष्ट सम्बन्ध राख्दछन् । सिधा भन्नुपर्दा वजारको अस्तित्व उपभोक्तामा निर्भर गर्छ भने उपभोक्तालाई वजार विना जिवनयापन सम्भव प्राय: देखिन्न। यो वजारको नियमलाई हेरेर वुझेर र समयानुकुलका परिवर्तनलाई समाविष्ट गर्दै वजारको निर्माण हुँदै गरेको अवस्था देखिन्छ। तर वजारको मनोविज्ञान र उपभोक्ताको मनोविज्ञानलाई प्रभाव पार्ने विभिन्न तथ्वहरु विधमान रहेका हुन्छन ।
१. मूल्य
२. गुणस्तर
३. विज्ञापन
४. व्यवस्थापन
५. वातावरण
६. उपलब्धता
७. स्थानीयता
८. प्रविधि
९. विश्वास
१०. विबिधता र फरकपन वा भेराईटी
लगायतका विभिन्न तत्वहरु रहन्छन जस्ले वजार र उपभोक्तालाई विचार परिवर्तन वा व्राण्ड परिवर्तनको लागि प्रेरित गर्ने र वाध्य पार्ने अवस्था रहन्छ। अब अहिले राजनितिक तथा सामाजिक काममा यो मार्केट साईकोलोजीले प्रष्ट प्रभाव पार्ने देखिन्छ। किनभने वजारमा देखिने विज्ञापन , नया व्राण्ड , मूल्य संरचना, सहज उपलब्धता , स्थानिय उत्पादन , विदेशी व्राण्ड, स्वादमा परिवर्तन जस्ता कारणले उपभोक्ताले परिवर्तनको चाहना राख्छ। त्यहि अनुरुप वजारले पनि नयाँपन दिने , उपभोक्ताको क्रय शक्ति , व्रणड स्थापित गर्ने, उपहार वा अफर ,आकर्षक विज्ञापन जस्ता उपायहरु अपनाएर उपभोक्ता आफुप्रति आकर्षण गरिरहने वनाउन खोज्नेछ। त्यहि अनुसार हेर्दा पुराना दुख गरेका, देश जनता र जनजिविकाका लागि लडेका पार्टी र नेता भन्दा नयाँ देखिएका नेता र पार्टीहरु लाई अहिलेको पुस्ताले नजिक मान्ने अवस्था देखिएको छ। यो अवस्था वन्नुको पछाडिको कारण भनेको मार्केट ईकोनोमी सिद्धान्त नै हो ।
यसले उत्पादन , वितरण र उपभोगको मनोविज्ञानमा आएको परिवर्तन अनुसार अहिलेको पुस्तामा आफ्नो प्रभाव वढाईरहेको छ। अवको चुनौति भनेको हरेक नयाँ राम्रो वा स्तरिय हो र हरेक पुरानो स्तरहिन वा नराम्रो हो भन्ने जुन भाष्य निर्माण हुन खोज्दैछ त्यसलाई वदल्नु नै हुने देखिन्छ। यतिखेर हाम्रो देशको मार्केट तातेको यस्तै कारणहरुले गर्दा नै होला किरु पक्कै पनि त्यस वारेमा थाहै नपाएकोले त्यो चिजको चाहना राखेर हिडेको छ जवकि वा र हजुर वा हरुको पुस्ता त्यसवाट पिडित र वाक्क दिक्क भएर त्यसको अन्त्य गरेर अगाडि वढिसकेका छन।
राजनीतिक र सामाजिक स्थायित्व दिने सवालमा के के समस्या देखा परेरु सुशासन र जवाफदेहिताको सवालमा के के कमजोरी रह्यो ? समीक्षा गरौ , ढिला नगरौ यसको लागि । फेरि एकपटक एकै थलोमा वस्नुस जनताका पक्षधरहरु , आ आफ्ना विषयहरु साझा विषयमा छलफलमा जुट्नुस र।जनताका अपेक्षा पूरा गर्ने दिशामा जुट्नुस स्वार्थरहित। किनकि स्थायित्व दिन सकियो भने विश्वास बलियो हुन्छ।
सायद मार्केट ईकोनोमीको असर होला कि ‘एन्टिक’ सामान ठानेर ? तर हेक्का के राख्नै पर्छ भने ‘एन्टिक’ सामानहरु सजावटका लागि छानिन्छन न कि दैनिक उपभोगका लागि । जस्ले आफुलाई असक्षम र अयोग्य मानेर वाटो तातईसकेको छ त्यसलाई वोक्नेहरुको सक्षमता वारेमा पनि बुझ्नु जरुरी छ , जसरि वस्तु खरिद गर्दा सवै पक्षहरु हेरेर जाचेर वुझेर मात्र खरिद गरिन्छ। तर यतिखेर मार्केट भ्रमपुर्ण भएको छ। गलतलाई सहि र सहिलाई गलत वनाउने ‘गोयवल्स’ शैलीका प्रचारका कार्यहरु जारी छन। नराम्रो भएको, नमिलेको र विग्रेको जति सवै गणतन्त्रका पक्षधरहरुले गर्दा अनि सप्रेको र राम्रो भएको जति फुईफुट्टा देश वनाउनेहरुले गर्दा भन्ने जुन भाष्य निर्माण गरिदैछ यसले नेपाल देशकै अस्तित्व संकटमा पार्नेछ। तसर्थ वुझौ र वुझाऔं कि यो देशमा जनताको हक र अधिकार स्थापित गर्न र नागरिकलाई शाषक वनाउन धेरै जनताको वलिदानिपुर्ण त्याग र योगदान छ। जस्लाई मेट्ने र कालो मसिले पत्ने कार्य नेपाली जनतालाई किमार्थ स्विकार्य हुनेछैन।
अत :उत्पादित सामान भित्र भेराईटी खोजौ , चाखौ , स्वाद लिउ जुन हितकर छ त्यहि प्रयोग गरौ , समय सापेक्ष परिषकृत र सुधार गर्दै अगाडि वढौ तर स्वादै थाहा नपाएको र पिता पुर्खाले कुहिएर सडेको भनेर फ्याकेको तथा नयाँको नाममा राम्रो आउट लुकमा सजिएको विषादि प्रयोग गर्ने भुल नगरौ । साच्चै जरुरि छ र समय पनि भयो जनताको भावना समेटर वनाईएको संबिधानमा कहाँ कहाँ समस्या भए कार्यान्वयनका सन्दर्भमा ? राजनीतिक र सामाजिक स्थायित्व दिने सवालमा के के समस्या देखा परेरु सुशासन र जवाफदेहिताको सवालमा के के कमजोरी रह्यो ? समीक्षा गरौ, ढिला नगरौ यसको लागि । फेरि एकपटक एकै थलोमा वस्नुस जनताका पक्षधरहरु, आ-आफ्ना विषयहरु साझा विषयमा छलफलमा जुट्नुस र।जनताका अपेक्षा पूरा गर्ने दिशामा जुट्नुस स्वार्थरहित। किनकि स्थायित्व दिन सकियो भने विश्वास बलियो हुन्छ। जब जग बलियो हुन्छ त त्यहा हुने अन्तर संघर्ष त्यो संरचनाले थेग्न सक्छ तर जग बलियो वनाउन नसक्दा अन्तर संघर्षले नै धरासायी वनाउनेछ । हामीले संधर्ष र वलिदान गरेर तयार गरेको संरचना मार्केट ईकोनोमीले ध्वस्त र तहस नहस नवनाओस भन्ने चाहना मेरो पुस्ताको रहेको छ ।
अब यसलाई सम्बोधन गर्ने वा प्रष्ट रुपमा प्रतिफल पाउनेछौ भनेर आश्वस्त पार्नु पर्ने छ हामी भन्दा अगाडिको पुस्ताले। कारण हाम्रो पुस्ता आन्दोलन र अभियानको तहवाट सामाजिक र राजनितीक कर्ममा जोडिएका छौ लाभ हानी नहेरि नसोची र सायद माग पनि गरेनौ होला त्यसैले सत्ताको वागडोर हाम्रो पुस्तासंग छैन र हामीले पछिल्लो पुस्तालाई आश्वस्त पार्न सकदैनौ। के अघिल्लो पु्स्ताले आट, हिम्मत र सकरात्मक पहलकदमी गरेर हामी पछिका तन्नेरी पुस्ताको भरोषा जित्ने कुरालाई प्राथमिकतामा राखेर सामाजिक र राजनीतिक अभियान संचालन गर्न सक्ला तरु सक्दैन भने राजनीतिक र सामाजिक सुधार होईन अवसरवादको भण्डार खुल्ने छ, पछिल्लो तन्नेरी पुस्ताले मार्केट ईकोनोमीको सिद्धान्त अपनाउनेछ। त्यसपछि आउनेछ ।
प्रकाशित मिति: सोमबार, फागुन २६, २०८१ १४:५१