स्वतन्त्र विद्यार्थी युनीयनको निर्वाचन कलेज तथा विश्वविद्यालय जीवनको एउटा महत्त्वपूर्ण अंग हो। स्ववियुले विद्यार्थीहरूलाई आफ्नो नेतृत्व क्षमता विकास गर्ने, आवाज उठाउने र परिवर्तन ल्याउने अवसर प्रदान गर्छ। खासमा विद्यार्थीको हक अधिकारका कुराहरु गर्दै राजनीतिक तथा नागरिक अधिकारको संघर्षका लागि पञ्चायतकालमा शासन व्यवस्था विरुद्धको आन्दोलनको मुख्य नर्सरी जस्तै मानिन्थ्यो । समय बदलिएसँगै देशमा स्ववियु स्थापना भएपछि दुई ठूला ठूला राजनीतिक परिवर्तनहरु भईसकेका छन् । २०४६ को बहुदलीय प्रजातन्त्र र २०६३ सालको गणतान्त्रिक व्यवस्थाको स्थापनाले नागरिकको राजनीतिक तथा नागरिक अधिकार पूर्ण बहाली भईसकेको छ । संविधान तथा कानुनी व्यवस्थाले अधिकारसम्पन्न भईसकेका नागरिकको विषयमा कुनै भूमिगत वा भेष बदलेर आन्दोलन गर्नुपर्ने जरुरत छैन । तर पनि आजपर्यन्त स्ववियुभित्र राजनीति अनेकन हिसावले घुसिरहेको छ । विद्यार्थीका एजेण्डा कम पार्टीका एजेण्डा ज्यादा हुँदा स्ववियु आफैंलाई आफ्नै भार हुने खतरा बढिरहेको छ । स्ववियुको निर्वाचन प्रक्रियामा केही चुनौतीहरू जुन देखिइरहेका छन् तिनले विद्यार्थीहरूको भविष्य र शैक्षिक वातावरणमा असर पार्न सक्छन्।
स्वतन्त्र विद्यार्थी युनीयन निर्वाचन एक महत्वपूर्ण अवसर हो जुन विद्यार्थीहरूलाई आफ्नो नेतृत्व क्षमता प्रदर्शन गर्न, आफ्नो विचार र धारणा प्रस्तुत गर्न, र आफ्नो विश्वविद्यालय वा कलेजको विकासमा सक्रिय रूपमा भाग लिनको लागि प्रदान गरिन्छ। यो निर्वाचनले विद्यार्थीहरूलाई आफ्नो भविष्यको नेतृत्वको लागि तयारी गर्न, विभिन्न समूहहरूसँग सहकार्य गर्न, र समस्या समाधान गर्ने क्षमता विकास गर्न मद्दत गर्छ। यो निर्वाचनले विद्यार्थीहरूलाई आफ्नो समुदायको लागि काम गर्न र उनीहरूको आवाज सुनिश्चित गर्नको लागि एक प्लेटफर्म प्रदान गर्दछ। यो अवसरले विद्यार्थीहरूलाई आफ्नो दृष्टिकोण र लक्ष्यहरू साझा गर्न, बहसमा भाग लिन, र उनीहरूको विश्वविद्यालय वा कलेजको भविष्यमा योगदान गर्न अनुमति दिन्छ। यो निर्वाचनले विद्यार्थीहरूलाई जिम्मेवारी, नेतृत्व, र समूह कार्यको महत्त्व बुझ्न मद्दत गर्छ। हामीकहाँ स्ववियुका अभ्यासहरु हेर्ने हो भने निर्वाचनका केही दिन वा महिना अघिबाट स्ववियुका नेताहरु क्याम्पस परिसरमा देखिने, केही विद्यार्थीकेन्द्रित काम गरेजस्तो गर्ने र चुनावकेन्द्रित गतिविधी मात्रै गर्ने जुन परम्परा देखिएको छ । यसले साँचचै हाम्रो स्ववियु आन्दोलन सुध्रिन्छ र ? भनेजस्तो भएको छ ।
आफ्ना छोराछोरी अष्ट्रेलिया अमेरिका पठाएर आफू क्याम्पसमा भर्ना भई देशमै पढ्छौं भनेर पढिरहेका स्वाभाविक विद्यार्थीहरुलाई आतंकित बनाउने विद्यार्थी संगठनको नाममा राजनीति गरेका नेताहरुले कहिले सोच्ने यो विषय ? दलका नेताहरु, दलको आवरणमा भएका गुण्डागर्दी प्रदर्शन हुने मञ्च भएको छ स्ववियु ।
स्ववियु निर्वाचनमा देखिएका मुख्य चुनौतिहरुको रुपमा देखिएको मूल राजनीतिक पार्टीको प्रभाव टिकट वितरणदेखि आफ्नै पार्टीलाई हराउने जिताउने सम्म पुग्ने गरेको छ । खुँडा खुकुरी भाला लाठी लिएर दुईचार किलोमिटर क्षेत्रसम्म सुरक्षा सम्वेदनशीलता हुने गरी मुडभेड हुने अवस्थासम्म स्ववियु निर्वाचनमा भएको छ, हुने गरेको छ । यसरी भएको स्ववियु निर्वाचन र त्यसबाट प्राप्त परिणामले विद्यार्थीहरुमा के सन्देश जान्छ ? आफ्ना छोराछोरी अष्ट्रेलिया अमेरिका पठाएर आफू क्याम्पसमा भर्ना भई देशमै पढ्छौं भनेर पढिरहेका स्वाभाविक विद्यार्थीहरुलाई आतंकित बनाउने विद्यार्थी संगठनको नाममा राजनीति गरेका नेताहरुले कहिले सोच्ने यो विषय ? दलका नेताहरु, दलको आवरणमा भएका गुण्डागर्दी प्रदर्शन हुने मञ्च भएको छ स्ववियु ।
अझ अर्को समस्या निर्वाचन प्रक्रियाको पारदर्शिताको अभाव छ । जसको नाममा जसको फोटो टाँसेर कार्ड लिएर गए पनि हुने, क्याम्पस प्रशासन देखि स्ववियु र विद्यार्थी संगठनहरु कसले कतिवेला दुनियाँ विद्यार्थीको आँखामा छारो छ्यापेर आफ्नो स्वार्थ पूरा गर्छ ठेगान नहुने अवस्था आएको छ । यसले स्ववियु निर्वाचनलाई झन् गलत बाटोमा लगेको छ । विद्यार्थीहरूको राजनीतिक चेतनाको कमी, र निर्वाचनमा हिंसा र अराजकताको प्रयोगले राजनीतिप्रतिको भाष्य नै गलत निर्माण भईरहेको छ।
राजनीतिक दलहरूले विद्यार्थी स्ववियु निर्वाचनलाई आफ्नो राजनीतिक स्वार्थ पूरा गर्ने माध्यम बनाउने प्रयास गर्छन्। आफ्नो मूल पार्टीको जनमत जाँच्ने माध्यमको रुपमा स्ववियु निर्वाचनलाई प्रचार गर्नु पनि गलत छ । कलेज तथा युनिभर्सिटीभित्र पढाइकेन्द्रित र शैक्षिक सँस्थाकेन्द्रित एजेण्डामा उभिएको नेतालाई आफ्ना साथीभाइले गरेको विश्वास र साथलाई पार्टीहरुले आफ्नो बाद विचारधारा र झण्डासँग दाँज्नु र आफ्नो लाज ढाक्न स्ववियुलाई उपयोग गर्नु गलत भईरहेको छ । यसले विद्यार्थीहरूको वास्तविक हितलाई बेवास्ता गर्छ र स्ववियुको स्वतन्त्रता र निष्पक्षतामा असर पर्छ।
विद्यार्थीहरूको राजनीतिक चेतनाको कमीले पनि निर्वाचनमा उनीहरूको सक्रियता कम हुन्छ। धेरै विद्यार्थीहरू राजनीतिक प्रक्रियामा भाग लिने बारे अनभिज्ञ हुन्छन् वा उनीहरूको मतदानको महत्व बुझ्दैनन्। निर्वाचनमा हिंसा र अराजकताको प्रयोगले विद्यार्थीहरूको सुरक्षामा खतरा उत्पन्न गर्छ र शान्तिपूर्ण वातावरणमा निर्वाचन सम्पन्न हुन दिँदैन।
निर्वाचन प्रक्रियामा पारदर्शिताको अभावले पनि विद्यार्थी संघको विश्वसनीयतामा प्रश्न उठाउँछ। धेरै अवस्थामा, निर्वाचन प्रक्रियामा अनियमितता, धाँधली र भ्रष्टाचार हुने गरेको छ। विद्यार्थीहरूको राजनीतिक चेतनाको कमीले पनि निर्वाचनमा उनीहरूको सक्रियता कम हुन्छ। धेरै विद्यार्थीहरू राजनीतिक प्रक्रियामा भाग लिने बारे अनभिज्ञ हुन्छन् वा उनीहरूको मतदानको महत्व बुझ्दैनन्। निर्वाचनमा हिंसा र अराजकताको प्रयोगले विद्यार्थीहरूको सुरक्षामा खतरा उत्पन्न गर्छ र शान्तिपूर्ण वातावरणमा निर्वाचन सम्पन्न हुन दिँदैन। यी चुनौतीहरूलाई सम्बोधन गर्नु विद्यार्थी संघको स्वतन्त्रता, निष्पक्षता र प्रभावकारिताका लागि आवश्यक छ।
प्रकाशित मिति: मंगलबार, चैत १२, २०८१ ०६:०६