असन्तुस्टी र निरासा भ्रष्ट काम हो । यो असन्तुष्ट र निराश समूह काम नगरी खान खोज्ने जमात हो । विशेष गरी काठमान्डौमा यो जमात बढिरहेको छ । ठुला शहर सदरमुकाममा पनि यो प्रबृत्ति हुर्किरहेको छ । बजारमा साना ठुलो घर छ, जमिन छ, विदेशमा छोराछोरी ज्वाइँ बुहारी छन । पेन्सन आउँछ । घरभाडा आउँछ । सानो तिनो व्यापार व्यवसाय छ । समय समयमा विदेशमा रहेका छोराछोरीबाट खर्च आउँछ । अनि उ दिनभर साथीभाइ संग चिया पसलमा, चोकमा , चौतारीमा , रेष्ट्रुराँमा बस्छ । व्यापारी संग दिन बिताउँछ । मिठो खाजा खाँदै टिपपणी गर्छ देश बिगारे भन्दै नेताहरूलाइ सराप्छ । यो उसको अवस्था सहितको असन्तुष्टिको पक्ष भयो ।
अर्को एउटा वर्ग छ जसको गाउँमा औंलाले परसम्म देखाएर एरियाय तोक्न मिल्ने जमिन सहित घर छ । खेतीपाती छ । तर उ शहर आएको छ गाउँको त्यो इतिहास छाडेर । जमिन बाँझो राखेर बसेको छ । शहरमा परिवार सहित नै बसेको छ । दुख सुख काम गरी बाँचेकै छ । छोराछोरी राम्रै ठाउँमा पढाएको छ । भाडा तिर्न सकेकै छ । राम्रो लुगा राम्रो खाना खाजा खाएकै छ । बाइक मोबाइल टिभी छ । संजाल हेर्छ । देश दुनियाँका कुरा सुन्छ । उ पनि देश विग्रियो भन्नेमै छ । कहिले नेताले विगारे भन्छ, कहिले कर्मचारीले विगारे भन्छ । जे होस् आफू त ठिकै छु अरुले चैं देश बिगारे भन्ने लहै लहैमा नै छ । यो अवस्था साँच्चै हो कि असन्तुष्टि त ? यो असन्तुस्टी कतै नक्कली त होइन ? आफुले मान र स्थान पाइन भन्ने निरासा त होइन ? समाजलाइ देशलाइ केही योगदान नगरी पद र सम्मान पाइएन भन्ने भाव प्रकट त होइन ? यी गम्भिर प्रश्नहरु आईरहेका छन् ।
अर्को एउटा तप्का देश छाडेर विदेशमा छ । रातसाँझ १८ घण्टा काम गर्छन । काम नगरी बस्न खाने स्थिती विदेशमा छैन । विदेशबाट आएका हुन या त्यही भुमिमा जन्मेका नागरिक हुन ती सबै काम गर्छन । काम नगरी गफ मात्र गरी बाच्न सक्दैनन विदेशमा कोही पनि । प्रायको निजी जमिन र घर हुदैन भाडामा बस्छन । घर किने पनि १५ या २० या ३० वर्षे कर्जाबाट घर किन्छन । गाडी टिभी मोबाइल फर्निचर सुन चादी पनि आम मानिसले ऋृण लिएर नै किन्छन । आम मानिस ऋृण मै जन्मिन्छन ऋृण मै मर्छन । उनीहरु पनि असन्तुष्ट छन् । भष्ट्राचार यहाँ पनि छ । तर काम नगरी कोही बस्न चाहँदैनन । काम गर्छन ।
नेपालमा असन्तुस्टी काम नगरी बस्नेहरूको हो । असन्तुस्टी भाडा खानेहरूको हो । असन्तुस्टी पेन्सन खानेहरूको हो । असन्तुस्टी विदेशबाट छोराछोरीबाट खर्च पाउनेहरूको हो । घर अगाडी पिच, ढलान, ढल पाएका राम्रा घरमा बस्नेहरूको हो । अनि हिजो व्यवस्था गुमाउनेहरूको हो । अनि सत्ताबाट सडकमा पुगे पछि हल्ला गर्ने भ्रम छर्ने सबै दल, नेता, कार्यकर्ताहरूको हो । हाम्रा पुस्ता के काम गर्थे । तीनका अवस्था कस्ता थिए । जब सम्म आजका युवाहरूमा यो ज्ञान हुदैन । तीनलाइ बराल्ने संजाल , संचार ,समाज , घरपरिवार , हरेक वादी आदी दल , नेता , कार्यकर्ता साचो बोल्दैनन , लेख्दैनन । जब सम्म जनतालाइ दुख दिने कर्मचारीतन्र । निर्माण र उत्पादनलाइ मुख्य काम नमान्ने सरकारी निती फेरिदैनन तब सम्म भ्रम मै समाज रहन्छ । निरासा भ्रम असन्तुस्टीको खेति चलिरहन्छ ।
यो सामाजिक रीत नै हो आफ्नो बचाउने । आफ्नो राम्रो भन्ने यो मानवीय कमजोरी हो । यो चलन नेपालमा मात्रै होइन संसारभर नै चलेको छ । असन्तुस्टी र निरासा हरेक समाज र प्रतिपक्षीले बाँढ्ने बढाउने काम गर्छन । वास्तवमा बुझ्ने हो भने यो दबाव र सुझाब पनि हो । चेत र चेतना पनि हो । निर्माण र परिवर्तनमुखी पनि हो । जसले परिवर्तन ल्याउँछ । निर्माण र उत्पादन थप्न बाध्य पार्छ ।
प्रकाशित मिति: बिहीबार, चैत २१, २०८१ ०६:२७