जन्तरमन्तरमा प्रदर्शन प्रतिबन्ध, तीन वैकल्पिक स्थल तोकिए
काठमाडौं । भारतको राजधानी नयाँदिल्लीमा विरोध प्रदर्शन र धर्ना आयोजना गर्नका लागि निर्धारित स्थलको सूचीबाट जन्तरमन्तरलाई हटाइएको छ ।
केन्द्रीय गृह मन्त्रालयले गठन गरेको समितिको सिफारिसका आधारमा यस्तो निर्णय गरिएको हो । दिल्लीका प्रहरी आयुक्त अनुराग कुमारले सोमबार जारी गरेको सूचनाअनुसार अब जन्तरमन्तरको विकल्पमा रामलीला मैदान, बुराडी मैदान र पूर्वी दिल्लीस्थित सीबीडी मैदानलाई विरोध प्रदर्शन तथा धर्नाका लागि निर्धारित स्थलका रूपमा तोकिएको छ ।
सूचनामा गृह मन्त्रालयद्वारा गठित समितिलाई नागरिकको विरोध प्रदर्शन तथा धर्ना आयोजना गर्ने अधिकारलाई ध्यानमा राख्दै त्यसका लागि निर्धारित स्थलहरूको विकल्पबारे समीक्षा गर्ने जिम्मेवारी दिइएको उल्लेख छ ।तीनवटै वैकल्पिक स्थलमा विरोध प्रदर्शन र धर्ना आयोजना गर्नेसम्बन्धी मानक सञ्चालन कार्यविधि (एसओपी) छुट्टै जारी गरिने सूचनामा जनाइएको छ ।
ललित सन्देश
यस अनलाइन पोर्टलका आधिकारिक लेखक तथा सम्पादक हुनुहुन्छ। देश तथा विदेशका ताजा र सत्य तथ्य समाचार पस्कन सधैं अग्रसर।
टिप्पणी लेख्नुहोस्