Logo

नेकपा संयुक्तका नेता डा. विजय पौडेलको निधन

ललित सन्देश २०८३ आश्विन २६, ५:१८ PM
नेकपा संयुक्तका नेता डा. विजय पौडेलको निधन

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (संयुक्त) का नेता डा. विजय पौडेलको निधन भएको छ। कीर्तिपुर अस्पतालका कार्यकारी निर्देशक डा. किरण नकर्मीका अनुसार अस्पताल पुर्‍याउँदै गर्दा उनको निधन भएको हो।

पौडेल लामो समय नेकपा एमालेको राजनीतिमा सक्रिय थिए। एमाले विभाजनपछि माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीमा आबद्ध भएका उनी पछि नेकपा संयुक्तमा सक्रिय भएका थिए।

राजनीतिसँगै सञ्चार क्षेत्रमा समेत संलग्न पौडेल जनता टेलिभिजनका सञ्चालकसमेत थिए।

ललित सन्देश

यस अनलाइन पोर्टलका आधिकारिक लेखक तथा सम्पादक हुनुहुन्छ। देश तथा विदेशका ताजा र सत्य तथ्य समाचार पस्कन सधैं अग्रसर।

टिप्पणीहरू

0

कुनै टिप्पणी छैन। पहिलो टिप्पणी गर्नुहोस्।

टिप्पणी लेख्नुहोस्