Logo

टुँडिखेलमा फूलपाती बढाइँ, राष्ट्रपति पौडेलद्वारा समारोहमा सहभागिता

ललित सन्देश २०८३ आश्विन ३१, १:४५ PM
टुँडिखेलमा फूलपाती बढाइँ, राष्ट्रपति पौडेलद्वारा समारोहमा सहभागिता

काठमाडौं । बडादसैँको फूलपातीका अवसरमा नेपाली सेनाले शनिबार सैनिक मञ्च टुँडिखेलमा आयोजना गरेको फूलपाती बढाइँ समारोह २०८३ मा राष्ट्रपति रामचन्द्र पौडेल सहभागी भएका छन्।

नेपाली सेनाका परमाधिपतिसमेत रहेका राष्ट्रपति पौडेललाई समारोहमा सेनाले सलामी अर्पण गरेको थियो। कार्यक्रममा सैनिक हेलिकप्टरबाट पुष्पवृष्टि गरिएको थियो भने नेपाली सेनाले विभिन्न सैनिक परेड, राइफलबाट लहरे तथा एकठ्ठा बढाइँ र तोपबाट सलामी प्रस्तुत गरेको थियो।

समारोहमा प्रथम महिला सबिता पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री बालेन्द्र शाह, प्रधानन्यायाधीश डा. मनोज शर्मा, सभामुख डोलप्रसाद अर्याल र राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल सहभागी थिए।

त्यसैगरी मन्त्री, सांसद, संवैधानिक निकायका प्रमुख, नेपालस्थित विदेशी कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधि, उच्चपदस्थ सरकारी कर्मचारी र समाजका विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तिहरूको पनि उपस्थिति थियो।

बडादसैँको फूलपातीका अवसरमा आयोजना गरिने बढाइँ समारोह नेपाली सेनाको सैनिक कौशल र परम्परा प्रदर्शन गर्ने महत्त्वपूर्ण औपचारिक कार्यक्रम हो।

DH
ललित सन्देश

यस अनलाइन पोर्टलका आधिकारिक लेखक तथा सम्पादक हुनुहुन्छ। देश तथा विदेशका ताजा र सत्य तथ्य समाचार पस्कन सधैं अग्रसर।

टिप्पणीहरू

0

कुनै टिप्पणी छैन। पहिलो टिप्पणी गर्नुहोस्।

टिप्पणी लेख्नुहोस्