झलनाथ खनाल अस्पताल भर्ना, स्वास्थ्य अवस्था बुझ्न पुगे ओली
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल मुटुसम्बन्धी सामान्य समस्या देखिएपछि अस्पताल भर्ना भएका छन्। उनी आइतबार काठमाडौँस्थित ह्याम्स अस्पतालमा भर्ना भएका हुन्।
खनालका स्वकीय सचिव मिलन उपाध्यायका अनुसार मुटुसँग सम्बन्धित सामान्य समस्याका कारण उनलाई अस्पताल भर्ना गरिएको हो।
अस्पतालमा उपचाररत खनालको स्वास्थ्य अवस्थाबारे जानकारी लिन नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पनि ह्याम्स अस्पताल पुगेका छन्। ओलीले अस्पताल पुगेर खनालको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन्।

ललित सन्देश
यस अनलाइन पोर्टलका आधिकारिक लेखक तथा सम्पादक हुनुहुन्छ। देश तथा विदेशका ताजा र सत्य तथ्य समाचार पस्कन सधैं अग्रसर।

टिप्पणी लेख्नुहोस्