Logo

नेपालद्वारा ६ नयाँ हिमाललाई ‘८ हजार मिटरी’ मान्यता दिलाउन यूआईएए महासभामा औपचारिक प्रस्ताव प्रस्तुत

ललित सन्देश २०८३ कार्तिक १३, ८:४३ AM
नेपालद्वारा ६ नयाँ हिमाललाई ‘८ हजार मिटरी’ मान्यता दिलाउन यूआईएए महासभामा औपचारिक प्रस्ताव प्रस्तुत

काठमाडौँ — नेपाल सरकार तथा सरोकारवाला निकायहरूले देशभित्र रहेका थप ६ वटा हिमाललाई ८ हजार मिटरभन्दा अग्ला शिखरका रूपमा अन्तर्राष्ट्रिय मान्यता दिलाउन कूटनीतिक तथा प्राविधिक पहल तीव्र पारेका छन्। अन्तर्राष्ट्रिय पर्वतारोहण तथा आरोहण महासङ्घ (UIAA) को महासभामा नेपालको तर्फबाट ती ६ हिमाललाई औपचारिक रूपमा ८ हजार मिटर माथिका चुचुराको सूचीमा समावेश गर्न प्रस्ताव पेस गरिएको हो।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडकराज पौडेलका अनुसार यो प्रस्ताव पारित भई अन्तर्राष्ट्रिय तहबाट मान्यता प्राप्त भएमा नेपालमा रहेका ८ हजार मिटरभन्दा अग्ला हिमालहरूको कुल सङ्ख्या ८ बाट बढेर १४ पुग्नेछ। विश्वभर रहेका १४ वटा ८ हजार मिटरी हिमालहरूमध्ये नेपालमै १४ वटा पुग्नुले अन्तर्राष्ट्रिय पर्वतारोहण क्षेत्रमा नेपालको साख थप उच्च हुने र विश्वभरका पर्वतारोहीहरूका लागि नयाँ गन्तव्य खुल्ने विश्वास लिइएको छ।

DH
ललित सन्देश

यस अनलाइन पोर्टलका आधिकारिक लेखक तथा सम्पादक हुनुहुन्छ। देश तथा विदेशका ताजा र सत्य तथ्य समाचार पस्कन सधैं अग्रसर।

टिप्पणीहरू

0

कुनै टिप्पणी छैन। पहिलो टिप्पणी गर्नुहोस्।

टिप्पणी लेख्नुहोस्