रामायण सर्किट अन्तर्गत नेपाल-भारत धार्मिक रेल सेवाको गृहकार्य तीव्र
जनकपुरधाम — माता सीताको जन्मस्थल जनकपुरधाम र भगवान रामसँग जोडिएको पवित्र भूमि अयोध्यालाई सीधा रेल मार्गले जोड्ने यस महत्त्वाकांक्षी परियोजना अन्तर्गत सुरक्षा र व्यवस्थापनका मोडलहरू तय गरिएको छ। नेपालतर्फको खण्डमा नेपाली सुरक्षा निकाय र भारतीय खण्डमा भारतीय सुरक्षा निकायले नै यात्रु तथा रेलको सुरक्षाको जिम्मा लिने गरी आन्तरिक समझदारी जुटाइएको छ।
केही दिनअघि मात्रै नेपाल र भारतका रेल्वे, सुरक्षा, भन्सार तथा अध्यागमन अधिकारीहरूको संयुक्त टोलीले विशेष निरीक्षण रेलमार्फत जयनगर-जनकपुरधाम-कुर्था खण्डको स्थलगत परीक्षणसमेत गरिसकेको छ। जनकपुरधाम उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष जितेन्द्र महासेठका अनुसार यस प्रत्यक्ष रेल सञ्चालनले रामायण सर्किटमा आवतजावत गर्ने धार्मिक पर्यटकहरूलाई ठूलो राहत दिनुका साथै स्थानीय स्तरमा आर्थिक गतिविधि र पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुर्याउनेछ। हाल जयनगरबाट कुर्था र महोत्तरीको बिजलपुरासम्म नियमित रेल सेवा सञ्चालन भइरहेको छ।

ललित सन्देश
यस अनलाइन पोर्टलका आधिकारिक लेखक तथा सम्पादक हुनुहुन्छ। देश तथा विदेशका ताजा र सत्य तथ्य समाचार पस्कन सधैं अग्रसर।
टिप्पणी लेख्नुहोस्