Logo

तिहारमा भाइटीकाको उत्तम साइत कात्तिक २५ गते बिहान ११:०७ बजे

ललित सन्देश २०८३ कार्तिक १८, ४:४५ AM
तिहारमा भाइटीकाको उत्तम साइत कात्तिक २५ गते बिहान ११:०७ बजे

काठमाडौँ — नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको यमपञ्चक अर्थात् तिहार पर्वका अवसरमा लगाइने भाइटीकाको उत्तम साइत सार्वजनिक गरेको छ। समितिको बैठकले गरेको निर्णय अनुसार आउँदो कात्तिक २५ गते (नोभेम्बर ११) मङ्गलबारका दिन बिहान ११:०७ बजे भाइटीकाको सबैभन्दा उत्तम साइत रहेको छ।

उक्त दिन दिदीबहिनीले दाजुभाइलाई र दाजुभाइले दिदीबहिनीलाई टीका लगाइदिने मुख्य पर्व भाइटीकाका साथै नेवार समुदायमा मनाइने 'किजा पूजा' समेत सोही दिन मनाइने समितिले जनाएको छ। साइतको समय बिहान ११:०७ बजे तोकिए पनि सोही दिन दिनभर नै टीका लगाउन सकिने समितिका पदाधिकारीहरूले स्पष्ट पारेका छन्। राज्यका तर्फबाट टीका लगाउने र शुभ मुहूर्त खोज्नेहरूका लागि मात्र यो साइत निर्धारण गरिएको र सर्वसाधारणका लागि दिनभर टीका लगाउन कुनै बाधा नरहने बताइएको छ।

DH
ललित सन्देश

यस अनलाइन पोर्टलका आधिकारिक लेखक तथा सम्पादक हुनुहुन्छ। देश तथा विदेशका ताजा र सत्य तथ्य समाचार पस्कन सधैं अग्रसर।

टिप्पणीहरू

0

कुनै टिप्पणी छैन। पहिलो टिप्पणी गर्नुहोस्।

टिप्पणी लेख्नुहोस्