Logo

ट्रम्पको ३५० अर्ब डलरको सैन्य बजेट मागले अमेरिकी संसदमा विवाद

ललित सन्देश २०८३ मंसिर ६, ४:३९ AM
ट्रम्पको ३५० अर्ब डलरको सैन्य बजेट मागले अमेरिकी संसदमा विवाद

वासिङ्टन डीसी — समाचार एजेन्सी रोयटर्स र बीबीसी पर्सियनका अनुसार इरान युद्ध तथा अमेरिकी रक्षा विभाग (पेन्टागन) का लागि राष्ट्रपति डोनाल्ड ट्रम्पले ३५० अर्ब डलरको अतिरिक्त बजेट उपलब्ध गराउन गरेको मागलाई लिएर अमेरिकी संसदमा तीव्र मतभेद चुलिएको छ। अमेरिकी सरकारको हालको बजेट आगामी डिसेम्बर ११ सम्म मात्र मान्य रहने भएकाले नयाँ बजेट पारित गर्न सांसदहरूसँग करिब तीन हप्ताको मात्र समय बाँकी छ। यही विवादका कारण डिसेम्बर १२ अर्थात् क्रिसमसअगावै सङ्घीय सरकारको कामकाज आंशिक वा पूर्ण रूपमा ठप्प (सटडाउन) हुन सक्ने आशङ्का बढेको छ।

रोयटर्सको प्रतिवेदनअनुसार ‘थ्याङ्क्सगिभिङ’ पर्वको एक हप्ते बिदाका लागि संसदको कामकाज स्थगित गर्ने तयारी भइरहँदा दुवै प्रमुख राजनीतिक दलका सांसदहरूबीच सहमति जुट्न कठिन देखिएको छ। सिनेटका रिपब्लिकन नेताहरूले ट्रम्पको पूर्ण ३५० अर्ब डलरको मागको सट्टा ६९ अर्ब डलरमात्र समेटिएको १.१ ट्रिलियन डलरको रक्षा बजेट विधेयकमा द्विपक्षीय वार्ता अघि बढाउने प्रयास गरे पनि दलीय असहमति कायमै रहँदा समयसीमाभित्र निकास निस्कनेमा अन्योल देखिएको छ। 

DH
ललित सन्देश

यस अनलाइन पोर्टलका आधिकारिक लेखक तथा सम्पादक हुनुहुन्छ। देश तथा विदेशका ताजा र सत्य तथ्य समाचार पस्कन सधैं अग्रसर।

टिप्पणीहरू

0

कुनै टिप्पणी छैन। पहिलो टिप्पणी गर्नुहोस्।

टिप्पणी लेख्नुहोस्