Logo

प्रत्येक तीन सेकेन्डमा एक बालिकाको विवाह, बालविवाह अन्त्य गर्न प्रयास २० गुणा बढाउनुपर्ने

ललित सन्देश २०८३ मंसिर ११, ६:३१ AM
प्रत्येक तीन सेकेन्डमा एक बालिकाको विवाह, बालविवाह अन्त्य गर्न प्रयास २० गुणा बढाउनुपर्ने

काठमाडौँ । विश्वमा प्रत्येक तीन सेकेन्डमा एक बालिकाको बालविवाह हुने गरेको छ । बालविवाह रोक्न पछिल्लो दशकमा उल्लेख्य प्रगति भए पनि यसको गति निकै सुस्त हुँदा विश्वभरका करोडौँ बालिका अझै बाल्यकालमै विवाह गर्न बाध्य छन् । संयुक्त राष्ट्रसङ्घका अनुसार अहिलेको प्रगति कायम रहे बालविवाह अन्त्य गर्न अझै करिब ३०० वर्ष लाग्न सक्छ ।

विश्वभर प्रत्येक वर्ष करिब एक करोड २० लाख बालिकाको १८ वर्ष उमेर नपुग्दै विवाह हुने गरेको छ । सन् २०२६ सम्ममा विश्वमा जीवित रहेका करिब ६५ करोड महिला तथा बालिकाको बाल्यकालमै विवाह भएको तथ्याङ्कले देखाउँछ । यसको अर्थ विश्वका प्रत्येक पाँच महिलामध्ये एक जनाले बाल्यकालमै विवाह गर्नुपरेको छ ।

बालविवाहको यो भयावह अवस्थाबीच संयुक्त राष्ट्रसङ्घले नोभेम्बर २७ लाई पहिलोपटक बालविवाह, कम उमेर तथा जबर्जस्ती विवाह अन्त्यका लागि अन्तरराष्ट्रिय दिवसका रूपमा मनाउँदैछ । महासभाले गत सेप्टेम्बर ४ मा प्रस्ताव पारित गरी यो दिवस मनाउने निर्णय गरेको थियो । दिवसको अवसरमा राष्ट्रसङ्घले बालविवाह अन्त्यका लागि विश्वव्यापी प्रयास तीव्र बनाउन सरकार, निजी क्षेत्र र नागरिक समाजलाई आह्वान गरेको छ ।

दक्षिण एसियामा सबैभन्दा ठूलो चुनौती

बालविवाहको समस्या विश्वका विभिन्न क्षेत्रमा रहे पनि यसको सबैभन्दा ठूलो भार दक्षिण एसियाले बेहोर्दै आएको छ । विश्वभर बालविवाहमा परेका महिला तथा बालिकामध्ये ४४ प्रतिशत अर्थात् करिब २८ करोड ५० लाख दक्षिण एसियामा छन् । उपसहारा अफ्रिकामा १८ प्रतिशत अर्थात् करिब ११ करोड ५० लाख महिला तथा बालिका बालविवाहको अवस्थामा रहेका छन् ।

यो तथ्याङ्कले बालविवाह केवल व्यक्तिगत वा

DH
ललित सन्देश

यस अनलाइन पोर्टलका आधिकारिक लेखक तथा सम्पादक हुनुहुन्छ। देश तथा विदेशका ताजा र सत्य तथ्य समाचार पस्कन सधैं अग्रसर।

टिप्पणीहरू

0

कुनै टिप्पणी छैन। पहिलो टिप्पणी गर्नुहोस्।

टिप्पणी लेख्नुहोस्