Logo

बुढीगण्डकी बाढी : सेनाले गर्‍यो ४९ जनाको उद्धार

ललित सन्देश २०८३ आश्विन २५, १:४६ PM
बुढीगण्डकी बाढी : सेनाले गर्‍यो ४९ जनाको उद्धार

काठमाडौँ । नेपाली सेनाले गोरखाको बुढीगण्डकी नदीमा आएको बाढीबाट प्रभावित ४९ जनाको उद्धार गरेको छ । आइतबार सेनाले एक सूचना जारी गर्दै सो कुराको जानकारी दिएको हो ।

नेपाली सेनाका ४ वटा हेलिकप्टर र स्थल मार्गबाट खटिएको सुरक्षा टोलीले ४९ जनाको उद्धार गरेको हो ।

अहिले अन्य सुरक्षा निकाय तथा सरकारवालाहरूसँगको समन्वयमा थप खोज तथा उद्धार कार्य भइरहेको सेनाले जनाएको छ ।

ललित सन्देश

यस अनलाइन पोर्टलका आधिकारिक लेखक तथा सम्पादक हुनुहुन्छ। देश तथा विदेशका ताजा र सत्य तथ्य समाचार पस्कन सधैं अग्रसर।

टिप्पणीहरू

0

कुनै टिप्पणी छैन। पहिलो टिप्पणी गर्नुहोस्।

टिप्पणी लेख्नुहोस्