थपिएका १३ केन्द्रीय सदस्य अब परिपक्क ‘कमरेड’
काठमाडौं । नेकपा एमालेको केन्द्रीय समितिमा थपिएका १३ जनाले सपथ ग्रहण गरेका छन् । पार्टी कार्यालय च्यासलमा आयोजित कार्यक्रमबीच अध्यक्ष केपी शर्मा ओलीले उनीहरूलाई पद तथा गोपनीयताको शपथ गराए ।
२ दिनअघि स्थायी कमिटी बैठकले श्रृजना राई, पुष्पा केसी, सावित्रा अर्याल, इन्दु कडेरिया, सीता पंगेनी, सीता अधिकारी, धर्मनाथ प्रसाद शाह, तेजमान कङ्गदवा, टंक आङ्बुहाङ्ग, नवीन रोका, मिनप्रसाद गुरुङ्ग, डबल पाण्डे र तेजेन्द्र केसीलाई केन्द्रीय सदस्यमा मनोनीत गरेको थियो ।
ललित सन्देश
यस अनलाइन पोर्टलका आधिकारिक लेखक तथा सम्पादक हुनुहुन्छ। देश तथा विदेशका ताजा र सत्य तथ्य समाचार पस्कन सधैं अग्रसर।
टिप्पणी लेख्नुहोस्