Logo

काँग्रेस महामन्त्रीमा प्रदीप उदय र डिला

नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट महामन्त्री पदमा प्रदीप पौडेल, उदय शमशेर राणा र डा. डीला संग्रौला पन्त निर्वाचित भएका छन् महामन्त्रीका दुई खुला पदका लागि भएको निर्वाचनमा प्रदीप पौडेलले ४ हजार १९४ मत प्राप्त गरे ।

ललित सन्देश २०८३ आश्विन २६, ३:२० AM
काँग्रेस महामन्त्रीमा प्रदीप उदय र डिला

काठमाडौं/ नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट महामन्त्री पदमा प्रदीप पौडेल, उदय शमशेर राणा र डा. डीला संग्रौला पन्त निर्वाचित भएका छन्
महामन्त्रीका दुई खुला पदका लागि भएको निर्वाचनमा प्रदीप पौडेलले ४ हजार १९४ मत प्राप्त गरे । उदय शमशेर राणाले २ हजार ३३० मत प्राप्त गरी महामन्त्रीमा निर्वाचित भए ।
राणालाई पछ्याउँदै डा. सुनिलकुमार शर्माले २ हजार २५७ मत पाए भने निवर्तमान महामन्त्री गुरुराज घिमिरेले १ हजार ५१३, नैनसिंह महरले १ हजार १३४, अमरसिंह पुन मगरले १ हजार १२५, शंकर तिवारीले १२३ र डा. सन्तोष उपाध्यायले ९७ मत प्राप्त गरे ।

ललित सन्देश

यस अनलाइन पोर्टलका आधिकारिक लेखक तथा सम्पादक हुनुहुन्छ। देश तथा विदेशका ताजा र सत्य तथ्य समाचार पस्कन सधैं अग्रसर।

टिप्पणीहरू

0

कुनै टिप्पणी छैन। पहिलो टिप्पणी गर्नुहोस्।

टिप्पणी लेख्नुहोस्