कांग्रेस सहमहामन्त्रीमा रामहरि खतिवडा र अजयबाबु शिवाकोटी निर्वाचित
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट सहमहामन्त्री पदमा रामहरि खतिवडा र अजयबाबु शिवाकोटी निर्वाचित भएका छन्।
ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा जारी मतगणना सकिएसँगै खतिवडा र शिवाकोटी निर्वाचित भएका हुन्। यद्यपि, निर्वाचन समितिले उनीहरूको निर्वाचित भएको औपचारिक घोषणा गर्न बाँकी छ।
यसअघि सहमहामन्त्रीमा पिछडिएको क्षेत्रबाट जीवनबहादुर शाही निर्वाचित भइसकेका छन्।
कांग्रेस विधानअनुसार १५औँ महाधिवेशनबाट विभिन्न समावेशी समूहसहित ११ जना सहमहामन्त्री निर्वाचित हुने व्यवस्था छ। बाँकी पदको मतपरिणाम र औपचारिक घोषणासँगै नयाँ कार्यसमितिमा सहमहामन्त्रीहरूको चयन प्रक्रिया पूरा हुनेछ।
ललित सन्देश
यस अनलाइन पोर्टलका आधिकारिक लेखक तथा सम्पादक हुनुहुन्छ। देश तथा विदेशका ताजा र सत्य तथ्य समाचार पस्कन सधैं अग्रसर।
टिप्पणी लेख्नुहोस्