एमालेको राष्ट्रीय भेला मंसिर २ र ३ गते, ३ हजार १६४ प्रतिनिधि सहभागी हुने
नीति, पारित दस्तावेज र वर्तमान राजनीतिक परिस्थितिबारे अभिमुखीकरण गर्ने तयारी
काठमाडौं । नेकपा (एमाले) ले आगामी मंसिर २ र ३ गते काठमाडौंमा आयोजना गर्ने राष्ट्रिय भेलाको तयारी सुरु गरेको छ। भेलालाई व्यवस्थित रूपमा सम्पन्न गर्ने उद्देश्यले पार्टीले पहिलो तयारी बैठक बसेर सहभागिता, व्यवस्थापन र छलफलका विषय टुंग्याउने प्रक्रिया अघि बढाएको हो।
पार्टी उपमहासचिव लेखराज भट्टको प्रमुख आतिथ्य तथा सचिव एवं संगठन विभाग प्रमुख भानुभक्त ढकालको अध्यक्षतामा बसेको बैठकमा सचिव तथा बागमती प्रदेश इन्चार्ज महेश बस्नेतसहित उपत्यकाका पार्टी कमिटी र जनसंगठनका नेताहरू सहभागी थिए।
बैठकमा राष्ट्रिय भेलाको तयारी, प्रतिनिधिको सहभागिता र व्यवस्थापनबारे छलफल भएको थियो। उपमहासचिव भट्टले पार्टीका नीति, पारित दस्तावेज र वर्तमान राजनीतिक परिस्थितिलाई केन्द्रमा राखेर भेला आयोजना गर्न लागिएको जानकारी दिए।
संगठन विभाग प्रमुख ढकालका अनुसार राष्ट्रिय भेला अभिमुखीकरणमूलक हुनेछ। मंसिर २ गते बिहान ११ बजे सुरु हुने भेला मंसिर ३ गते साँझसम्म सञ्चालन हुनेछ।
केन्द्रदेखि स्थानीय तहसम्मका प्रतिनिधि सहभागी हुने
एमालेका अनुसार राष्ट्रिय भेलामा केन्द्रीय कमिटी, केन्द्रीय निकाय, प्रदेश तथा जिल्ला कमिटी, स्थानीय तह, जनसंगठन र विभिन्न तहका जनप्रतिनिधिसहित ३ हजार १६४ जना सहभागी हुनेछन्।
भेलामा पार्टीका ३४६ केन्द्रीय सदस्य र केन्द्रीय निकायबाट ८१ जना सहभागी हुनेछन्। आठ प्रदेश कमिटी, भारत प्रवास तथा प्रवासी नेपाली मञ्चका तर्फबाट ५५ जनाको सहभागिता रहनेछ।
त्यस्तै, ७७ जिल्ला, सम्पर्क कमिटीअन्तर्गतका सात जिल्ला कमिटी र राजधानी प्रदेशअन्तर्गतका चार जिल्लासहित जिल्ला तहबाट ४४० जना सहभागी हुने ढकालले जानकारी दिए।
स्थानीय संगठनको प्रतिनिधित्वका रूपमा पालिका कमिटीका अध्यक्ष तथा पदाधिकारीमध्येबाट एक जनाका दरले १ हजार ५०६ जना सहभागी हुनेछन्।
जनप्रतिनिधि र जनसंगठनलाई पनि समेटिने
भेलामा संघीय संसद् तथा राष्ट्रिय सभाका
ललित सन्देश
यस अनलाइन पोर्टलका आधिकारिक लेखक तथा सम्पादक हुनुहुन्छ। देश तथा विदेशका ताजा र सत्य तथ्य समाचार पस्कन सधैं अग्रसर।
टिप्पणी लेख्नुहोस्