दुई दिनमा ४३ सय रूपैयाँ घट्यो सुनको भाउ
काठमाडौं, नेपाली बजारमा आज (मंगलबार) सुनचाँदीको मूल्य घटेको छ । सोमबार तोलामा दुई हजार एक सय रूपैयाँ घटेको सुनको भाउ यसदिन प्रतितोला दुई हजार दुई सय रूपैयाँ घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९२ हजार दुई सय रूपैयाँमा किनबेच भइरहेको छ। सोमबार सुन प्रतितोला दुई लाख ९४ हजार चार सय रूपैयाँमा कारोबार भएको थियो। यस्तै, मंगलबार चाँदीको मूल्य पनि घटेको छ।
सोमबार तोलामा चार हजार चार सय १५ रूपैयाँमा कारोबार भएको चाँदी मंगलबार चार हजार तीन सय ५५ रूपैयाँमा कारोबार भइरहेको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ६० रूपैयाँ घटेको हो। अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस चार हजार एक सय ९९ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
ललित सन्देश
यस अनलाइन पोर्टलका आधिकारिक लेखक तथा सम्पादक हुनुहुन्छ। देश तथा विदेशका ताजा र सत्य तथ्य समाचार पस्कन सधैं अग्रसर।
टिप्पणी लेख्नुहोस्