पहिलो जितको खोजीमा आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्स भिड्दै
काठमाडौँ — नेपाल प्रिमियर लिग (NPL) को तेस्रो संस्करण अन्तर्गत आज (बुधबार) हुने चौथो खेलमा पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्स आमने-सामने हुँदैछन्। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा साँझ ४:३० बजेपछि सुरु हुने यस खेलमा दुवै टोली प्रतियोगितामा आफ्नो पहिलो जित दर्ता गर्ने लक्ष्यसहित मैदान उत्रिनेछन्।
पोखरा एभेन्जर्सका लागि यो प्रतियोगिताको पहिलो खेल हो भने सुदूरपश्चिम रोयल्सको दोस्रो खेल हो। उद्घाटन खेलमा साविक विजेता लुम्बिनी लायन्ससँग ७ विकेटको पराजय व्यहोरेको सुदूरपश्चिम आजको म्याचबाट प्रतियोगितामा पुनरागमन गर्न चाहन्छ। उता, कुशल भुर्तेलको कप्तानीमा रहेको पोखरा एभेन्जर्स भने विजयी सुरुआत गर्दै तालिकामा खाता खोल्ने दाउमा छ।

ललित सन्देश
यस अनलाइन पोर्टलका आधिकारिक लेखक तथा सम्पादक हुनुहुन्छ। देश तथा विदेशका ताजा र सत्य तथ्य समाचार पस्कन सधैं अग्रसर।
सम्बन्धित खबर
अन्तर्राष्ट्रिय इस्पोर्ट्सको सुरुआतमा शीर्ष स्थानमा रहेको नेपाली टोली अन्तिम खेलमा चुक्दा चौथो स्थानमा सीमित
1 घण्टा अगाडि
प्लेअफ होडबाट बाहिरिँदै कोल्ट्स: बकनर र नेल्सनलाई बेचेर भावी ड्राफ्ट पिक बटुल्दै
1 घण्टा अगाडि
टिप्पणी लेख्नुहोस्