Logo

अन्तर्राष्ट्रिय इस्पोर्ट्सको सुरुआतमा शीर्ष स्थानमा रहेको नेपाली टोली अन्तिम खेलमा चुक्दा चौथो स्थानमा सीमित

ललित सन्देश २०८३ कार्तिक ११, ७:५४ AM
अन्तर्राष्ट्रिय इस्पोर्ट्सको सुरुआतमा शीर्ष स्थानमा रहेको नेपाली टोली अन्तिम खेलमा चुक्दा चौथो स्थानमा सीमित

काठमाडौँ — पाकिस्तानको लाहोरमा आयोजित PMGO 2026 Season 2 को ग्रान्ड फाइनाल्स रोमाञ्चक र नाटकीय मोडबिच सकिएको छ। प्रतियोगिताको पहिलो दिन १ चिकेन डिनर र ३२ एलिमिनेसनसहित ५७ अङ्क जोडेर शीर्ष स्थान कब्जा गरेको नेपाली टोली HORAA Esports अन्तिम चरणमा 'स्न्याच/म्याच पोइन्ट' फर्म्याटमा चुक्दा उपाधिबाट वञ्चित भई चौथो स्थानमा सीमित हुन पुगेको छ।

दोस्रो दिन ६७ अङ्कको 'स्माश थ्रेसहोल्ड' पार गरे पनि त्यसपछिका खेलहरूमा जित हासिल गर्न नसक्दा HORAA ले चौथो स्थानमा चित्त बुझाउनुपर्‍यो। चीनको वुल्भ्स इस्पोर्ट्सले नाटकीय रूपमा पुनरागमन गर्दै उपाधि हात पार्न सफल भयो।

यद्यपि, विश्वभरका हस्ती टोलीहरूलाई पछाडि पार्दै HORAA ले विश्वस्तरीय मञ्चमा देखाएको आक्रामक र सन्तुलित खेलको इस्पोर्ट्स वृत्तमा उच्च प्रशंसा भइरहेको छ।

DH
ललित सन्देश

यस अनलाइन पोर्टलका आधिकारिक लेखक तथा सम्पादक हुनुहुन्छ। देश तथा विदेशका ताजा र सत्य तथ्य समाचार पस्कन सधैं अग्रसर।

टिप्पणीहरू

0

कुनै टिप्पणी छैन। पहिलो टिप्पणी गर्नुहोस्।

टिप्पणी लेख्नुहोस्