रेडक्रसको आपत्कालीन रक्तदान गर्न आग्रह
काठमाडौँ — चाडपर्वका बेला रक्तदान कार्यक्रमहरू नियमित रूपमा सञ्चालन हुन नसक्दा र अस्पतालहरूबाट बिरामीको चाप निरन्तर उच्च रहँदा राजधानीमा रगतको भारी अभाव सिर्जना भएको छ। नेपाल रेडक्रस सोसाइटी अन्तर्गतको केन्द्रीय रक्तसञ्चार सेवाले हाल कुनै पनि ब्लड ग्रुपको होल ब्लड, प्याक्ड रेड ब्लड सेल्स (PRBC) र प्लेटलेट-रिच प्लाज्मा (PRP) मौज्दात नरहेको जनाएको छ।
रगत अभावको यस गम्भीर अवस्थालाई ध्यानमा राख्दै रेडक्रसले तत्कालका लागि आपत्कालीन कदमहरू चालिरहेको छ। बिरामीहरूको ज्यान बचाउन कुनै पनि किसिमको अभाव हुन नदिन १८ वर्ष वा सोभन्दा माथिका स्वस्थ नागरिकहरूलाई स्वेच्छाले रक्तदान गर्न रेडक्रसले विशेष अनुरोध गरेको छ।
नियमित रक्तदाता तथा सङ्घ-संस्थाहरूको सहयोगविना यो सङ्कट टार्न कठिन हुने भएकाले रक्तदान गर्न चाहने महानুभावहरूले केन्द्रीय रक्तसञ्चार सेवाको कार्यालय वा नेपाल रेडक्रसको टोल-फ्री नम्बर ११३० तथा ०१-५३८८४८५ / ०१-५३८८४८६ मा सम्पर्क गरेर सहयोग गर्न सक्ने रेडक्रसले अपिल गरेको छ।

ललित सन्देश
यस अनलाइन पोर्टलका आधिकारिक लेखक तथा सम्पादक हुनुहुन्छ। देश तथा विदेशका ताजा र सत्य तथ्य समाचार पस्कन सधैं अग्रसर।
टिप्पणी लेख्नुहोस्