Logo

वसन्तपुरमा सुरु भयो काठमाडौं फिल्म फेस्टिभल

ललित सन्देश २०८३ कार्तिक १२, ५:०० AM
वसन्तपुरमा सुरु भयो काठमाडौं फिल्म फेस्टिभल

काठमाडौँ — वसन्तपुरमा आजदेखि सुरु भएको काठमाडौं फिल्म फेस्टिभल २०८३ मा विश्वचर्चित चलचित्रकर्मीहरूको विशेष उपस्थिति रहने भएको छ। यस फेस्टिभलमा प्रख्यात भारतीय अभिनेत्री शबाना आजमी, अन्तर्राष्ट्रिय चलचित्रकर्मी तथा समीक्षक मार्को मुलर, ताकायुकी नाकामुरा र दीप्ति डी’ कुन्हालगायतका ख्यातिप्राप्त व्यक्तित्वहरूको सहभागिता रहने निश्चित भएको छ।

महोत्सवका क्रममा हुने विभिन्न अन्तरसंवाद सत्रहरूमा यी विशिष्ट पाहुनाहरूले चलचित्र निर्माणका अनुभव, विश्व सिनेमाको प्रवृत्ति र कला-संस्कृतिबतिको सहकार्यका विषयमा आफ्ना विचारहरू राख्नेछन्। यस किसिमको अन्तर्राष्ट्रिय सहभागिताले नेपाली चलचित्र क्षेत्रलाई वैश्विक मञ्चमा चिनाउन महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ।

DH
ललित सन्देश

यस अनलाइन पोर्टलका आधिकारिक लेखक तथा सम्पादक हुनुहुन्छ। देश तथा विदेशका ताजा र सत्य तथ्य समाचार पस्कन सधैं अग्रसर।

टिप्पणीहरू

0

कुनै टिप्पणी छैन। पहिलो टिप्पणी गर्नुहोस्।

टिप्पणी लेख्नुहोस्