Logo

मकवानपुरको भीमफेदीमा बसको ठक्करबाट ओर्लिएकी महिलाको घटनास्थलमै मृत्यु

ललित सन्देश २०८३ कार्तिक १२, ६:२२ AM
मकवानपुरको भीमफेदीमा बसको ठक्करबाट ओर्लिएकी महिलाको घटनास्थलमै मृत्यु

काठमाडौँ — मकवानपुरको भीमफेदी गाउँपालिका-८, ईपादेउरालीस्थित भित्री सडकखण्डमा बिहीबार बिहान बसको ठक्करबाट ६३ वर्षीया पैदलयात्री लिला देवी खत्रीको घटनास्थलमै मृत्यु भएको छ।

बिहीबार बिहान करिब ७:३० बजे ईपाबाट हेटौँडातर्फ आउँदै गरेको बा २ ख ९४३० नम्बरको बसबाट ओर्लिएकी भीमफेदी-८ ईपा निवासी खत्रीलाई सोही बसले ठक्कर दिएको थियो। उहाँ बसबाट ओर्लिएपछि गाडीको अगाडिबाट बाटो पार गर्दै गर्दा बसले ठक्कर दिएपछि गम्भीर दुर्घटना हुन पुगेको हो।

DH
ललित सन्देश

यस अनलाइन पोर्टलका आधिकारिक लेखक तथा सम्पादक हुनुहुन्छ। देश तथा विदेशका ताजा र सत्य तथ्य समाचार पस्कन सधैं अग्रसर।

टिप्पणीहरू

0

कुनै टिप्पणी छैन। पहिलो टिप्पणी गर्नुहोस्।

टिप्पणी लेख्नुहोस्