दार्चुलामा कात्तिक १७ देखि अपिहिमाल पर्यटन उत्सव हुने: अपि बेसक्याम्प क्षेत्रलाई प्रमुख गन्तव्य बनाउने तयारी
दार्चुला — दार्चुलाको अपि बेसक्याम्प क्षेत्रमा आयोजना हुन गइरहेको तीनदिने अपिहिमाल पर्यटन उत्सवको सम्पूर्ण तयारी पूरा भएको छ। गाउँपालिकाले बिहीबार भर्चुअल पत्रकार सम्मेलनमार्फत उत्सवको तयारी र अतिथिहरूको सहभागितासम्बन्धी विस्तृत जानकारी गराएको हो।
गाउँपालिका अध्यक्ष भक्तसिंह ठेकरे बोहराका अनुसार अपिहिमाल क्षेत्रको अद्वितीय प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पदाको प्रचारप्रसार र पर्यटकीय सम्भावनालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा चिनाउने उद्देश्यले उत्सवको आयोजना गरिएको हो। यस कार्यक्रमले यस क्षेत्रलाई देशकै एक प्रमुख पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्न महत्त्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।

ललित सन्देश
यस अनलाइन पोर्टलका आधिकारिक लेखक तथा सम्पादक हुनुहुन्छ। देश तथा विदेशका ताजा र सत्य तथ्य समाचार पस्कन सधैं अग्रसर।
टिप्पणी लेख्नुहोस्