Logo

नेपाल पारवहन तथा गोदाम व्यवस्थापन कम्पनीमा नियमविपरीत सीईओ कायम

ललित सन्देश २०८३ कार्तिक १२, ७:५० AM
नेपाल पारवहन तथा गोदाम व्यवस्थापन कम्पनीमा नियमविपरीत सीईओ कायम

काठमाडौँ — नेपाल पारवहन तथा गोदाम व्यवस्थापन कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्तिमा प्रचलित कानुनी नियम उल्लङ्घन भएको पाइएको छ। कम्पनीको नियमावली अनुसार सीईओको नियुक्ति मन्त्रिपरिषद् बैठकले गर्नुपर्ने स्पष्ट कानुनी व्यवस्था रहे पनि सञ्चालक समिति आफैँले प्रकाशप्रसाद पोखरेललाई सीईओ कायम राख्ने निर्णय गरेको खुलेको हो।

सञ्चालक समितिले मन्त्रिपरिषद्को अधिकार मिचेर गरेको उक्त निर्णयले सार्वजनिक संस्थानभित्र सुशासन र कानुनी प्रक्रियामाथि गम्भीर प्रश्न उठाएको छ। नियमविपरीत गरिएको यस निर्णयबारे सम्बन्धित निकायहरूमा समेत चासो बढेको छ।

DH
ललित सन्देश

यस अनलाइन पोर्टलका आधिकारिक लेखक तथा सम्पादक हुनुहुन्छ। देश तथा विदेशका ताजा र सत्य तथ्य समाचार पस्कन सधैं अग्रसर।

टिप्पणीहरू

0

कुनै टिप्पणी छैन। पहिलो टिप्पणी गर्नुहोस्।

टिप्पणी लेख्नुहोस्