Logo

प्यूठानमा घरमै बाल्टिनको पानीमा डुबेर डेढ वर्षीय बालकको मृत्यु

ललित सन्देश २०८३ कार्तिक १२, ७:५७ AM
प्यूठानमा घरमै बाल्टिनको पानीमा डुबेर डेढ वर्षीय बालकको मृत्यु

प्यूठान — प्यूठानको गौमुखी गाउँपालिकामा घरमै बाल्टिनमा राखिएको पानीमा डुबेर एक डेढ वर्षीय बालकको ज्यान गएको छ। गौमुखी गाउँपालिका-७ नारीकोट निवासी शिवलाल थापाका डेढ वर्षीय छोरा कृष थापाको आफ्नै घरमा दुर्घटनामा परी मृत्यु भएको हो।

बिहीबार बिहान घरमा राखिएको बाल्टिनको पानीमा बालक डुबेको फेला परेका थिए। परिवारजनले तत्कालै उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल बिजुवार पुर्‍याए पनि चिकित्सकले जाँच गरेपछि उनलाई मृत घोषणा गरेका थिए। यस घटनाले सिङ्गो गाउँ स्तब्ध बनेको छ।

DH
ललित सन्देश

यस अनलाइन पोर्टलका आधिकारिक लेखक तथा सम्पादक हुनुहुन्छ। देश तथा विदेशका ताजा र सत्य तथ्य समाचार पस्कन सधैं अग्रसर।

टिप्पणीहरू

0

कुनै टिप्पणी छैन। पहिलो टिप्पणी गर्नुहोस्।

टिप्पणी लेख्नुहोस्