हुलाकी सडकको कमला पुल निर्माण कार्य अन्तिम चरणमा
सिरहा — हुलाकी राजमार्गको अति महत्त्वपूर्ण संरचना मानिएको कमला पुलको निर्माण स्थलमा पूर्वाधार विकासमन्त्री सुनील लम्सालले हालै स्थलगत निरीक्षण गर्नुभएको छ। निरीक्षणका क्रममा मन्त्री लम्सालले निर्माण कार्य सन्तोषजनक रूपमा भइरहेको बताउँदै तोकिएको समयमै काम सम्पन्न गर्न सम्बन्धित निर्माण व्यवसायी तथा प्राविधिकहरूलाई निर्देशन दिनुभयो।
सरकारले प्राथमिकतामा राखेको यस आयोजनाको निर्माण सम्पन्न भएपछि मधेस प्रदेशको यातायात सञ्जालमा ठलो सुधार आउने विश्वास लिइएको छ। मन्त्रीको यस अनुगमनले आयोजनालाई समयमै सम्पन्न गर्न थप दबाब र प्रेरणा मिलेको छ।

ललित सन्देश
यस अनलाइन पोर्टलका आधिकारिक लेखक तथा सम्पादक हुनुहुन्छ। देश तथा विदेशका ताजा र सत्य तथ्य समाचार पस्कन सधैं अग्रसर।
टिप्पणी लेख्नुहोस्