Logo

नेपालमा ५८ मुलुकबाट स्मार्टफोन आयात

ललित सन्देश २०८३ कार्तिक १३, ४:५४ AM
नेपालमा ५८ मुलुकबाट स्मार्टफोन आयात

काठमाडौँ — नेपालमा विश्वका ५८ भन्दा बढी देशहरूबाट स्मार्टफोन भित्रिने गरेको भन्सार विभागको तथ्याङ्कले देखाएको छ। असोज मसान्तसम्मको वैदेशिक व्यापार तथ्याङ्कअनुसार नेपाली बजारमा आउने स्मार्टफोनको सबैभन्दा ठूलो हिस्सा छिमेकी मुलुक चीनले ओगटेको छ।

चीनबाट मात्रै ७ अर्ब ९ करोड ९८ लाख ३० हजार रुपैयाँ बराबरका ३ लाख ६५ हजार ५४५ थान स्मार्टफोन आयात भएका छन्। यस्तै दोस्रो ठूलो आपूर्तिकर्ता भारतबाट २ अर्ब ४१ करोड ९९ लाख ९ हजार रुपैयाँ मूल्यका ३४ हजार ७१ थान स्मार्टफोन भित्रिएका छन्। बाँकी अन्य ४६ भन्दा बढी देशहरूबाट पनि विभिन्न परिमाणमा मोबाइल फोनहरू आयात भइरहेका छन्।

DH
ललित सन्देश

यस अनलाइन पोर्टलका आधिकारिक लेखक तथा सम्पादक हुनुहुन्छ। देश तथा विदेशका ताजा र सत्य तथ्य समाचार पस्कन सधैं अग्रसर।

टिप्पणीहरू

0

कुनै टिप्पणी छैन। पहिलो टिप्पणी गर्नुहोस्।

टिप्पणी लेख्नुहोस्