Logo

चाँदी प्रतितोला १ सय ५ रुपैयाँले घट्दै ३ हजार ८२५ मा झर्यो

ललित सन्देश २०८३ कार्तिक १३, ५:५३ AM
चाँदी प्रतितोला १ सय ५ रुपैयाँले घट्दै ३ हजार ८२५ मा झर्यो

काठमाडौँ — साताको अन्तिम कारोबार दिन शुक्रबार नेपाली बजारमा सुनसँगै चाँदीको मूल्यमा पनि उल्लेख्य गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज चाँदीको मूल्य प्रतितोला १०५ रुपैयाँले घटेको छ।

बिहीबार प्रतितोला ३ हजार ९३० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज घटेर ३ हजार ८२५ रुपैयाँ कायम भएको छ। सुन तथा चाँदी दुवैको मूल्य एकैसाथ तल झरेपछि बजारमा उपभोक्ता तथा व्यवसायीहरूबिच नयाँ कारोबार दरलाई लिएर चहलपहल बढेको छ।

DH
ललित सन्देश

यस अनलाइन पोर्टलका आधिकारिक लेखक तथा सम्पादक हुनुहुन्छ। देश तथा विदेशका ताजा र सत्य तथ्य समाचार पस्कन सधैं अग्रसर।

टिप्पणीहरू

0

कुनै टिप्पणी छैन। पहिलो टिप्पणी गर्नुहोस्।

टिप्पणी लेख्नुहोस्