Logo

दिग्गज अभिनेता प्याट्रिक स्टुअर्टको ८६ वर्षको उमेरमा निधन

ललित सन्देश २०८३ कार्तिक १३, ७:०१ AM
दिग्गज अभिनेता प्याट्रिक स्टुअर्टको ८६ वर्षको उमेरमा निधन

लस एन्जलस — ‘स्टार ट्रेक’ र ‘एक्स-मेन’ जस्ता चर्चित हलिउड फ्र्यान्चाइजीका मुख्य अभिनेता सर प्याट्रिक स्टुअर्टको ८६ वर्षको उमेरमा निधन भएको छ। उनको बुधबार लस एन्जलसमा निधन भएको उहाँकी प्रवक्ता केली बुस नोभाकले पुष्टि गर्नुभएको छ।

प्रवक्ता नोभाकका अनुसार स्टुअर्ट पछिल्लो समय ‘अल्जाइमर्स’ तथा ‘लेवी बडी डिमेन्सिया’ जस्ता जटिल स्वास्थ्य समस्याहरूसँग जुधिरहनुभएको थियो। उहाँको स्वास्थ्य स्थितिबारे यसअघि गोप्य नै राखिएको थियो। उहाँको निधनको खबर सार्वजनिक भएसँगै हलिउडका सहकर्मी तथा प्रशंसकहरू स्तब्ध बनेका छन्।

'एक्स-मेन' मा लामो समय सह-अभिनय गर्नुभएका अभिनेता ह्यु ज्याकम्यानले सामाजिक सञ्जालमा शोक व्यक्त गर्दै आफूले कला र जीवनका धेरै कुरा स्टुअर्टबाट सिकेको र उहाँलाई सधैँ सम्झिरहने बताउनुभएको छ। त्यस्तै, उहाँका निकट मित्र तथा वरिष्ठ अभिनेता इयान म्याककेलेनले पनि भावुक सन्देश लेख्दै स्टुअर्ट एक भरपर्दो, आदरणीय र मञ्चका अतुलनीय सहयात्री रहेको उल्लेख गर्नुभएको छ।

DH
ललित सन्देश

यस अनलाइन पोर्टलका आधिकारिक लेखक तथा सम्पादक हुनुहुन्छ। देश तथा विदेशका ताजा र सत्य तथ्य समाचार पस्कन सधैं अग्रसर।

टिप्पणीहरू

0

कुनै टिप्पणी छैन। पहिलो टिप्पणी गर्नुहोस्।

टिप्पणी लेख्नुहोस्