Logo

श्रमिकको सामाजिक सुरक्षा, आईपीओ कोटा र मताधिकारको अधिकार

ललित सन्देश २०८३ कार्तिक १५, ९:२२ AM
श्रमिकको सामाजिक सुरक्षा, आईपीओ कोटा र मताधिकारको अधिकार

काठमाडौँ — वैदेशिक रोजगारीका क्रममा मध्यपूर्वमा रहेका लाखौँ नेपाली श्रमिकहरूलाई सामाजिक सुरक्षा कोष (SSF) मा आबद्ध गराउने ऐतिहासिक निर्णय तथा प्राथमिक सेयर निष्कासन (IPO) मा वैदेशिक रोजगारीमा रहेकाहरूका लागि १० प्रतिशत कोटा सुनिश्चित गरिनु खाडी क्षेत्रका नेपालीहरूको अथक प्रयासको ठूलो सफलता भएको छ। एनआरएनएका पूर्वअध्यक्ष आरके शर्माले यी दुवै व्यवस्थाले वैदेशिक रोजगारीमा रहेका श्रमिकहरूलाई राज्यको मूलधारमा जोड्न र उनीहरूको सुरक्षित भविष्य सुनिश्चित गर्न अतुलनीय योगदान पुर्‍याएको बताउनुभएको छ।

यसैगरी, विदेशमा रहेका नेपाली नागरिकहरूलाई मताधिकार दिने विषयमा सम्मानित सर्वोच्च अदालतबाट भएको ऐतिहासिक फैसला अहिले कार्यान्वयनको व्यावहारिक चरणमा पुग्नु अर्को महत्त्वपूर्ण माइलस्टोन भएको उहाँले उल्लेख गर्नुभयो। विदेशमा रहेका नेपालीहरूको स-साना पुँजीलाई एकत्रित गरी नेपालको पूर्वाधार र उत्पादनशील क्षेत्रमा जोड्न १० अर्ब रुपैयाँको लगानी कोष (NRN Investment Fund) मार्फत सुरु गरिएको अभियान अघि बढ्नुले मातृभूमिको विकासमा गैरआवासीय नेपालीको प्रत्यक्ष सहभागिता सुनिश्चित हुने विश्वास शर्माले व्यक्त गर्नुभएको छ।

DH
ललित सन्देश

यस अनलाइन पोर्टलका आधिकारिक लेखक तथा सम्पादक हुनुहुन्छ। देश तथा विदेशका ताजा र सत्य तथ्य समाचार पस्कन सधैं अग्रसर।

टिप्पणीहरू

0

कुनै टिप्पणी छैन। पहिलो टिप्पणी गर्नुहोस्।

टिप्पणी लेख्नुहोस्