Logo

नागढुङ्गा सुरुङमार्गमा सवारी साधन अनुसार फरक-फरक शुल्क

ललित सन्देश २०८३ कार्तिक १५, १०:३९ AM
नागढुङ्गा सुरुङमार्गमा सवारी साधन अनुसार फरक-फरक शुल्क

काठमाडौँ — राजपत्रमा प्रकाशित सूचना अनुसार सुरुङमार्ग प्रयोग गरी काठमाडौँ उपत्यका प्रवेश गर्ने र उपत्यकाबाट बाहिरिने सवारी साधनका लागि छुट्टाछुट्टै शुल्क दर कायम गरिएको छ। जसअनुसार कार, भ्यान, पिकअप, ट्र्याक्टर, माइक्रोबस लगायतका साना तथा हल्का सवारी साधनहरूले काठमाडौँ भित्रिँदा प्रतिपटक रु ६५ र काठमाडौँबाट बाहिरिँदा रु ६० टोल शुल्क तिर्नुपर्नेछ।

त्यसैगरी, मिनीबस तथा मिनी टिपर वा मिनी ट्रकका लागि उपत्यका प्रवेश गर्दा रु ११५ र बाहिरिँदा रु ८० तोकिएको छ। ठूला यात्रुवाहक बस तथा एउटा मात्र पछिल्लो एक्सल (Single Rear Axle) भएका ट्रकहरूले काठमाडौँ भित्रिँदा रु २६० र बाहिरिँदा रु २०० भुक्तानी गर्नुपर्नेछ। बहु-एक्सल (Multi-Axle) भएका ठूला ट्रकहरू, अन्य भारी सवारी साधन तथा हेभी इक्विपमेन्टहरूका लागि भने उपत्यका प्रवेश गर्दा रु ६०० र बाहिरिँदा रु २५० शुल्क निर्धारण गरिएको छ। काठमाडौँ भित्रिने सवारी साधनको चाप र भारलाई ध्यानमा राख्दै भित्रिने दिशामा शुल्क केही बढी राखिएको हो।

DH
ललित सन्देश

यस अनलाइन पोर्टलका आधिकारिक लेखक तथा सम्पादक हुनुहुन्छ। देश तथा विदेशका ताजा र सत्य तथ्य समाचार पस्कन सधैं अग्रसर।

टिप्पणीहरू

0

कुनै टिप्पणी छैन। पहिलो टिप्पणी गर्नुहोस्।

टिप्पणी लेख्नुहोस्