Logo

सिर्सिया नदी संरक्षणका लागि संयुक्त फोहोर प्रशोधन केन्द्र निर्माण गरिने

ललित सन्देश २०८३ कार्तिक १५, १०:५१ AM
सिर्सिया नदी संरक्षणका लागि संयुक्त फोहोर प्रशोधन केन्द्र निर्माण गरिने

वीरगन्ज — सिर्सिया नदीको प्रदूषण समस्यालाई दीर्घकालीन रूपमा समाधान गर्न र औद्योगिक फोहोर व्यवस्थापनलाई वैज्ञानिक बनाउन बैठकले एउटा साझा 'फोहोर प्रशोधन केन्द्र' स्थापनाका लागि जग्गा पहिचान तथा सम्भाव्यता अध्ययन प्रतिवेदन तयार पार्ने महत्त्वपूर्ण निर्णय गरेको छ। वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहको समेत सहभागिता रहेको उक्त बैठकले साना तथा मझौला उद्योगहरूलाई प्रोत्साहन गर्न उद्योग वाणिज्य सङ्घ र सरकारको संयुक्त सहकार्यमा विशेष अनुदानको व्यवस्था गर्ने सहमति गरेको छ।

यसैबीच, नदीको दीर्घकालीन पुनरुत्थान का लागि संघीय र प्रादेशिक सरकारसँग प्राविधिक सहायता माग गर्ने तथा ढलको फोहोरलाई अन्यत्रै मोड्न तत्कालका लागि वैकल्पिक निकास कुलो निर्माण गर्ने निर्णय भएको छ। नदी संरक्षणका प्रयासहरूलाई वित्तीय अभाव हुन नदिन तीनै तहका सरकारहरूको आर्थिक योगदान रहने गरी 'सिर्सिया नदी संरक्षण संयुक्त कोष' स्थापना गर्ने प्रक्रियालाई समेत तीव्रता दिइने भएको छ। यस बृहत् कार्ययोजनाले सिर्सिया नदीलाई पुरानै अवस्थामा फर्काउन र पर्यावरणीय सन्तुलन कायम राख्न ठूलो सहयोग पुग्ने अपेक्षा गरिएको छ।

DH
ललित सन्देश

यस अनलाइन पोर्टलका आधिकारिक लेखक तथा सम्पादक हुनुहुन्छ। देश तथा विदेशका ताजा र सत्य तथ्य समाचार पस्कन सधैं अग्रसर।

टिप्पणीहरू

0

कुनै टिप्पणी छैन। पहिलो टिप्पणी गर्नुहोस्।

टिप्पणी लेख्नुहोस्