Logo

कान्तिलोकपथ, कर्णाली राजमार्ग र जोमसोम-कोरोला सडक खण्ड अवरुद्ध

ललित सन्देश २०८३ कार्तिक १५, ६:१२ AM
कान्तिलोकपथ, कर्णाली राजमार्ग र जोमसोम-कोरोला सडक खण्ड अवरुद्ध

ललितपुर/मुस्ताङ/सुर्खेत — वर्षाको प्रकोपका कारण राजधानी जोड्ने वैकल्पिक मार्ग कान्तिलोकपथ तथा देशका अन्य भूभागका महत्त्वपूर्ण सडकहरू समेत बन्द भएका छन्। ललितपुरको बागमती गाउँपालिका-३ पाङ्दुर र टार्कुचे क्षेत्रमा कान्तिलोकपथ पूर्ण रूपमा अवरुद्ध भएको छ भने ललितपुरकै सुन्दरीघाट क्षेत्रमा बागमती खोला करिडोरको सडकमा पानीको सतह बढेपछि यातायात रोकिएको छ।

यसैगरी, सुर्खेतको बराहताल गाउँपालिका-७ औलिसेस्थित कर्णाली राजमार्गमा सुख्खा पहिरो गएको छ भने मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका-३ चैलेमा पानीको बहाव बढेर सडक बगाउँदा जोमसोम-कोरोला सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ। यसबाहेक गुल्मीको कालीगण्डकी करिडोर र नुवाकोटको पासाङ ल्हामु सडक खण्ड समेत अवरुद्ध रहेकाले सुरक्षा निकायले जोखिमपूर्ण क्षेत्रमा यात्रा नगर्न र वैकल्पिक मार्ग प्रयोग गर्न विशेष अनुरोध गरेका छन्।

DH
ललित सन्देश

यस अनलाइन पोर्टलका आधिकारिक लेखक तथा सम्पादक हुनुहुन्छ। देश तथा विदेशका ताजा र सत्य तथ्य समाचार पस्कन सधैं अग्रसर।

टिप्पणीहरू

0

कुनै टिप्पणी छैन। पहिलो टिप्पणी गर्नुहोस्।

टिप्पणी लेख्नुहोस्