Logo

अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै गएपछि मौसममा क्रमिक सुधार

ललित सन्देश २०८३ कार्तिक १५, ७:२४ AM
अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै गएपछि मौसममा क्रमिक सुधार

काठमाडौँ — यसअघि नेपालको मौसम प्रणालीमा व्यापक फेरबदल ल्याउने 'अर्नब चक्रवात' को अवशेषका रूपमा पश्चिम नेपालको भूभाग नजिक सक्रिय रहेको न्यून चापीय क्षेत्रको प्रभाव अब भने उल्लेखनीय रूपमा कमजोर बन्दै गएको छ। मौसम पूर्वानुमान महाशाखाले दिएको ताजा जानकारी अनुसार हाल वायुमण्डलको तल्लो तहमा उक्त चक्रवातीय प्रणालीको असर लगभग टरिसकेको छ भने माथिल्लो वायुमण्डलमा मात्रै पश्चिमी न्यून चापीय प्रणालीको सामान्य तथा आंशिक प्रभाव बाँकी रहेको छ। यसैको परिणामस्वरुप आजदेखि देशभरको समग्र मौसममा क्रमिक रूपमा सुधार आउने स्पष्ट सङ्केत देखिएको छ।

केही दिनयता आकाश ढाकेका बाक्लो बादलहरू हट्दै जाने र घाम लाग्ने क्रम सुरु भए पनि देशका केही पहाडी तथा हिमाली क्षेत्रमा भने अझै पनि आंशिक बदलीको स्थिति कायम रहेको छ। महाशाखाका अनुसार आज दिउँसो देशका अधिकांश भूभागमा आंशिक बदली रहने भए पनि विशेष गरी हिमाली तथा उच्च पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना अझै बाँकी रहेको छ। चक्रवातको यो प्रणाली पूर्ण रूपमा निष्कृय बन्दै गएसँगै अबका केही दिनमा देशका अधिकांश क्षेत्रमा मौसम सफ हुँदै जाने र रोकिएको जनजीवन तथा पर्वतीय पर्यटन गतिविधिहरू सहज बन्ने उच्च सम्भावना रहेको छ।

DH
ललित सन्देश

यस अनलाइन पोर्टलका आधिकारिक लेखक तथा सम्पादक हुनुहुन्छ। देश तथा विदेशका ताजा र सत्य तथ्य समाचार पस्कन सधैं अग्रसर।

टिप्पणीहरू

0

कुनै टिप्पणी छैन। पहिलो टिप्पणी गर्नुहोस्।

टिप्पणी लेख्नुहोस्