Logo

मलेखु-मुग्लिन सडक खण्ड दैनिक तीन घण्टा बन्द हुने

ललित सन्देश २०८३ कार्तिक १६, ५:२२ AM
मलेखु-मुग्लिन सडक खण्ड दैनिक तीन घण्टा बन्द हुने

धादिङ — पृथ्वी राजमार्गअन्तर्गतको अति व्यस्त मलेखु-मुग्लिन सडक खण्डमा आजदेखि दैनिक तीन घण्टा सवारी साधन सञ्चालनमा पूर्ण रूपमा रोक लगाइने भएको छ। सडक विभाग तथा आयोजना कार्यालयका अनुसार सो सडक खण्डअन्तर्गत मझिमटारमा निर्माण भइरहेको नयाँ पैदलयात्री आकाशे पुलको मुख्य फलाम तथा कङ्क्रीटको संरचना राख्ने काम गर्नुपर्ने भएकाले बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म सवारी साधन सञ्चालन स्थगन गर्न लागिएको हो।

पुल निर्माणका क्रममा प्रयोग गरिने भारी उपकरण, क्रेन र गर्डर स्थानान्तरण गर्दा हुनसक्ने सम्भावित जोखिमलाई ध्यानमा राख्दै निर्माण अवधिभर सडक बन्द गर्ने निर्णय गरिएको आयोजनाले जनाएको छ। मझिमटार क्षेत्रमा पैदलयात्रीहरूलाई बाटो काट्न सहज र सुरक्षित बनाउन निर्माण भइरहेको यो आकाशे पुलको मुख्य भाग जोड्ने काम अत्यन्तै संवेदनशील र जटिल भएकाले प्राविधिक टोलीको सिफारिस अनुसार सडक नियन्त्रणमा लिइ काम अघि बढाउन लागिएको हो।

DH
ललित सन्देश

यस अनलाइन पोर्टलका आधिकारिक लेखक तथा सम्पादक हुनुहुन्छ। देश तथा विदेशका ताजा र सत्य तथ्य समाचार पस्कन सधैं अग्रसर।

टिप्पणीहरू

0

कुनै टिप्पणी छैन। पहिलो टिप्पणी गर्नुहोस्।

टिप्पणी लेख्नुहोस्