Logo

मुग्लिनबाट पोखरातर्फ जाँदै गरेको माइक्रोबस आँबुखैरेनीमा दुर्घटनाग्रस्त

ललित सन्देश २०८३ कार्तिक १६, ५:३१ AM
मुग्लिनबाट पोखरातर्फ जाँदै गरेको माइक्रोबस आँबुखैरेनीमा दुर्घटनाग्रस्त

तनहुँ — चितवनको मुग्लिनबाट यात्रुहरू बोकेर कास्कीको पोखरातर्फ जाँदै गरेको यात्रुवाहक माइक्रोबस आँबुखैरेनीमा दुर्घटनामा परेको छ। दुर्घटना लगत्तै स्थानीयबासी तथा इलाका प्रहरी कार्यालय आँबुखैरेनीबाट खटिएको प्रहरी टोलीले द्रुत गतिमा उद्धार कार्य अघि बढाउँदै दुर्घटनास्थलबाट सबै घाइतेहरूलाई सुरक्षित उद्धार गरेको थियो।

प्रहरी र स्थानीयको तत्परतामा दुर्घटनामा परेका चालकसहित सबै ११ जना घाइतेहरूलाई तत्कालै उपचारका लागि नजिकै रहेको आँबुखैरेनी अस्पताल लगिएको छ। हाल सबै घाइतेहरूको सोही अस्पतालमा उपचार भइरहेको र उनीहरूको स्वास्थ्य अवस्था स्थिर रहेको अस्पताल स्रोतले जनाएको छ। घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको र दुर्घटनाको वास्तविक कारणबारे प्रहरीले सूक्ष्म छानबिन गरिरहेको छ।

DH
ललित सन्देश

यस अनलाइन पोर्टलका आधिकारिक लेखक तथा सम्पादक हुनुहुन्छ। देश तथा विदेशका ताजा र सत्य तथ्य समाचार पस्कन सधैं अग्रसर।

टिप्पणीहरू

0

कुनै टिप्पणी छैन। पहिलो टिप्पणी गर्नुहोस्।

टिप्पणी लेख्नुहोस्