विश्व च्याम्पियनसिप अघि जावोखिर सिन्दारोभको सानदार जित
सेन्ट लुइस (अमेरिका) — उज्बेकिस्तानका युवा ग्रान्डमास्टर जावोखिर सिन्दारोभले अमेरिकाको सेन्ट लुइसमा सम्पन्न प्रतिष्ठित 'क्लच चेस: च्याम्पियन्स शोडाउन २०२६' को उपाधि जित्न सफल भएका छन्। अन्तिम दिन उत्कृष्ट पुनरागमन गर्दै सिन्दारोभले अमेरिकी दिग्गज खेलाडी हिकारु नाकामुरालाई पराजित गरी कुल २०.५ अङ्कसहित पहिलो स्थान हासिल गरेका हुन्। यस जितसँगै उनले १ लाख ६८ हजार अमेरिकी डलर पुरस्कार प्राप्त गरेका छन्।
यस प्रतियोगितामा भारतीय ग्रान्डमास्टर प्रज्ञानानन्द दोस्रो स्थानमा रहे भने फ्याबियानो कारुआना र नाकामुरा पछि परेका थिए। आगामी नोभेम्बर २४ देखि स्विट्जरल्यान्डको जेनेभामा हुने 'एफआइडीइ (FIDE) विश्व चेस च्याम्पियनसिप' मा वर्तमान विश्व च्याम्पियन गुकेश डी सँग भिड्नुअघि सिन्दारोभको यो जितलाई निकै महत्त्वका साथ हेरिएको छ। विश्व च्याम्पियनसिपको उपाधि भिडन्तअघि प्राप्त यस सफलताले सिन्दारोभको मनोबल उच्च बनाएको छ।

ललित सन्देश
यस अनलाइन पोर्टलका आधिकारिक लेखक तथा सम्पादक हुनुहुन्छ। देश तथा विदेशका ताजा र सत्य तथ्य समाचार पस्कन सधैं अग्रसर।
टिप्पणी लेख्नुहोस्