सोलुखुम्बुको फेरूचेमा दुई हेलिकप्टर अवतरणका क्रममा आपसमा ठोक्किएर दुर्घटना
सोलुखुम्बु — सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४ स्थित पर्यटकीय तथा हिमाली क्षेत्र फेरूचेमा दुईवटा हेलिकप्टरहरू अवतरण गर्ने क्रममा आपसमा ठोक्किएर गम्भीर दुर्घटना भएको छ। नेपाल प्रहरीले दिएको आधिकारिक जानकारी अनुसार यस दुर्घटनामा परि एक जना विदेशी नागरिकको ज्यान गएको छ भने अन्य एक जना घाइते भएका छन्।
आज बिहान करिब ८:११ बजेको समयमा अवतरणका क्रममा रहेका फिस्टेल एयर र डाइनेस्टी एयरका हेलिकप्टरहरू आपसमा ठोक्किएका हुन्। घटनालगत्तै स्थानीय सुरक्षाकर्मी र उद्धार टोलीले तत्काल सक्रियता अपनाउँदै दुर्घटनामा घाइते भएका व्यक्तिलाई प्रभु हेलिकप्टरमार्फत तत्काल उद्धार गरी थप उपचारका लागि नजिकैको लुक्लास्थित स्वास्थ्य संस्थामा पठाएका छन्। यस आकस्मिक दुर्घटनाले हिमाली उडान तथा विमानस्थल बाहिरका हेलिप्याडहरूमा सुरक्षा मापदण्ड र एयर ट्राफिक म्यानेजमेन्टबारे गम्भीर प्रश्न उब्जाएको छ।

ललित सन्देश
यस अनलाइन पोर्टलका आधिकारिक लेखक तथा सम्पादक हुनुहुन्छ। देश तथा विदेशका ताजा र सत्य तथ्य समाचार पस्कन सधैं अग्रसर।
टिप्पणी लेख्नुहोस्