Logo

वीरगञ्जको लिंकरोडबाट पल्सर मोटरसाइकल चोरी गर्ने प्रयास विफल

ललित सन्देश २०८३ कार्तिक १६, ११:१३ AM
वीरगञ्जको लिंकरोडबाट पल्सर मोटरसाइकल चोरी गर्ने प्रयास विफल

वीरगञ्ज — वीरगञ्जको व्यस्त सडकखण्डमा दिउँसै भएको मोटरसाइकल चोरीको प्रयासलाई प्रहरीको टोलीले तदारुकताका साथ विफल पारिदिएको छ। लिंकरोड क्षेत्रमा पार्किङ गरिएको मोटरसाइकलको लक तोडी डोर्‍याएर लैजाँदै गरेको अवस्थामा गस्तीमा रहेको वडा प्रहरी कार्यालय बिर्ताको प्रहरी टोलीले शङ्कास्पद रूपमा देखेभन्दा लगत्तै निगरानी गरी सवारी साधनसहित अभियुक्तलाई नियन्त्रणमा लिएको हो।

पर्साका प्रहरी प्रवक्ता एवं डीएसपी चक्रबहादुर मल्लले घटनाबारे जानकारी दिँदै चोरी भएको मोटरसाइकल र पक्राउ परेका निजगढका राकेश चौधरीमाथि कानुनी कारबाही अघि बढाइएको बताउनुभयो। सहरी क्षेत्रमा पार्किङ गरिएका सवारी साधनहरूको सुरक्षा चुनौती थपिइरहेको समयमा प्रहरीको यस तत्परताले चोरी रोक्न मद्दत पुर्‍याएको छ। प्रहरीले सवारी धनीहरूलाई आफ्ना सवारी साधन सुरक्षित स्थानमा मात्र पार्किङ गर्न र बलियो लक प्रयोग गर्न आग्रह गर्दै घटनाबारे थप सुक्ष्म अनुसन्धान भइरहेको जनाएको छ।

DH
ललित सन्देश

यस अनलाइन पोर्टलका आधिकारिक लेखक तथा सम्पादक हुनुहुन्छ। देश तथा विदेशका ताजा र सत्य तथ्य समाचार पस्कन सधैं अग्रसर।

टिप्पणीहरू

0

कुनै टिप्पणी छैन। पहिलो टिप्पणी गर्नुहोस्।

टिप्पणी लेख्नुहोस्