स आपूर्ति र बिक्री वितरण प्रणालीलाई व्यवस्थित बनाइने
काठमाडौँ — खाना पकाउने ग्यासको बिक्री वितरण प्रणालीलाई थप सरल, सहज र पारदर्शी बनाउने उद्देश्यले नेपाल आयल निगमले एलपीजी क्षेत्रमा व्यापक सुधारको रणनीति अघि सारेको छ। उद्योगहरूको मर्जर पछि सिलिन्डरको बिक्री वितरण तथा बजार व्यवस्थापन थप व्यवस्थित भई उपभोक्ताहरूले व्यहोर्दै आएका झन्झटहरू अन्त्य हुने निगमको विश्वास छ।
यस सुधारको मुख्य ध्येय एलपीजी क्षेत्रको कार्यदक्षता मा सुधार ल्याउनुका साथै सर्वसाधारण उपभोक्ताको सर्वोपरि हित संरक्षण गर्नु हो। ग्यास उद्योगहरू एकीकृत हुँदा उत्पादन, ढुवानी र वितरण लागतमा कमी आउनेछ जसले गर्दा आपूर्ति शृङ्खला बलियो भई उपभोक्ताले सहज रूपमा ग्यास प्राप्त गर्न सक्नेछन्। आयल निगमको यस पहलले ग्यास बजारमा हुने अस्वस्थ प्रतिस्पर्धालाई रोक्दै बजारमा सुरक्षा मापदण्ड र गुणस्तर कायम गर्न महत्त्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।

ललित सन्देश
यस अनलाइन पोर्टलका आधिकारिक लेखक तथा सम्पादक हुनुहुन्छ। देश तथा विदेशका ताजा र सत्य तथ्य समाचार पस्कन सधैं अग्रसर।
टिप्पणी लेख्नुहोस्