Logo

दाङ र दैलेखमा भएका अलग-अलग सडक दुर्घटनामा परी दुई जनाको मृत्यु

ललित सन्देश २०८३ कार्तिक १६, १०:०८ AM
दाङ र दैलेखमा भएका अलग-अलग सडक दुर्घटनामा परी दुई जनाको मृत्यु

काठमाडौँ/दाङ/दैलेख — देशका विभिन्न स्थानमा भएको सडक दुर्घटनामा परी दुई जनाको ज्यान गएको छ भने अन्य व्यक्तिहरू गम्भीर घाइते भएका छन्। दाङको राप्ती गाउँपालिका–३ बाघ ढड्डीमा पूर्वबाट पश्चिम जाँदै गरेको लु १ ख ९२४८ नम्बरको ट्रकले विपरीत दिशाबाट आउँदै गरेको प्र ३–०२०१० प ६९२२ नम्बरको मोटरसाइकललाई ओभरटेक गर्ने क्रममा पछाडिबाट ठक्कर दिँदा गम्भीर घाइते भएका राप्ती–६ भगवानपुरका ३१ वर्षीय चालक प्रविन चौधरीको भालुवाङ पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेका छन्। सोही दुर्घटनामा मोटरसाइकलमा सवार १६ वर्षीया निशु चौधरी र १९ वर्षीया करिना चौधरी गम्भीर घाइते भई थप उपचारका लागि बुटवलस्थित लुम्बिनी सिटी हस्पिटल रिफर गरिएका छन्। साथीको जन्मदिन मनाएर फर्किँदै गर्दा भएको यस घटनामा संलग्न ट्रक चालक राजेन्द्र चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

यसैगरी, दैलेखको गुँरास गाउँपालिका–४ चिसापानीस्थित सुर्खेत–दैलेख सडक खण्डमा पनि सुततर्फ जाँदै गरेको लु.प्र.०२–००१ क ०१९३ नम्बरको ट्रकको पछाडि क.प्र.०२–००३ प २२१० नम्बरको मोटरसाइकल ठोक्किएर भएको दुर्घटनामा मोटरसाइकल पछाडि सवार चामुण्डा बिन्द्रासैनी नगरपालिका–३ का ५५ वर्षीय कृष्णकुमार आचार्यको कर्णाली प्रादेशिक अस्पताल कालागाउँ, सुर्खेतमा उपचारका क्रममा निधन भएको छ। घटनामा संलग्न ट्रक चालक सविन चौधरीलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाइएको छ।

DH
ललित सन्देश

यस अनलाइन पोर्टलका आधिकारिक लेखक तथा सम्पादक हुनुहुन्छ। देश तथा विदेशका ताजा र सत्य तथ्य समाचार पस्कन सधैं अग्रसर।

टिप्पणीहरू

0

कुनै टिप्पणी छैन। पहिलो टिप्पणी गर्नुहोस्।

टिप्पणी लेख्नुहोस्