विषयान्तर नगरी नतिजा दिन उपसभापति भण्डारीको आग्रह
काठमाडौँ — नेपाली कांग्रेसका उपसभापति चन्द्र भण्डारीले राज्यका विभिन्न निकाय र खरिद तथा निर्णय प्रक्रियामा हाबी हुने बिचौलियाहरूलाई राज्यको नियमन र नियन्त्रणभित्र ल्याउनुपर्ने बताएका छन्। सामाजिक सञ्जालमा लेख्दै उनले कुनै पनि बहानामा बिचौलियाहरू कानुनभन्दा माथि हुन नसक्ने र उनीहरूलाई राज्यको दायराभित्र ल्याउनु आवश्यक रहेको उल्लेख गरेका छन्।
यसैगरी उपसभापति भण्डारीले सम्बन्धित निकायहरूलाई सुम्पिएको जिम्मेवारी इमानदारीका साथ पूरा गरी स्पष्ट परिणाम दिन आग्रह गरेका छन्। जिम्मेवारी पाएका निकायहरूले मुख्य विषयबाट पन्छिएर विषयान्तर गर्न नहुने र नतिजामुखी काम गरेर देखाउनुपर्ने उनको भनाइ छ। राज्यका जिम्मेवार अङ्गहरूले आफ्नो दायित्व पूरा गर्दा प्रक्रियामा अल्झिनुको सट्टा ठोस परिणाम ल्याउनेतर्फ ध्यान केन्द्रित गर्नुपर्नेमा उनले जोड दिएका छन्।

ललित सन्देश
यस अनलाइन पोर्टलका आधिकारिक लेखक तथा सम्पादक हुनुहुन्छ। देश तथा विदेशका ताजा र सत्य तथ्य समाचार पस्कन सधैं अग्रसर।
टिप्पणी लेख्नुहोस्