मोटरसाइकलको सिटमुनि लुकाएको १० लाख नगदसहित भारतीय नागरिक टुना दास पक्राउ
नेपालगन्ज — स्रोत नखुलेको १० लाख रुपैयाँ नगदसहित प्रहरीले एक भारतीय नागरिकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारतीय नागरिक टुना दास रहेका छन्। सीमावर्ती क्षेत्रमा सवारी साधन तथा पैदलयात्रीको निगरानी गर्ने क्रममा प्रहरीले उनले प्रयोग गरेको मोटरसाइकललाई रोकी खानतलासी गर्दा उक्त ठूलो परिमाणको नगद बरामद गरेको हो।
विशेष सुराकीका आधारमा खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा दासले सवार मोटरसाइकलको सिटमुनि चलाखीपूर्वक लुकाएर राखिएको अवस्थामा रु. १० लाख भेट्टाएको थियो। प्रारम्भिक सोधपुछका क्रममा उक्त रकमको वैधानिक स्रोत वा प्रमाण खुलाउन नसकेपछि प्रहरीले नगद र मोटरसाइकलसहित दासलाई नियन्त्रणमा लिएको छ। निजलाई आवश्यक कारबाही तथा थप अनुसन्धानका लागि सम्बन्धित निकाय वा राजस्व अनुसन्धान विभागमा बुझाउने तयारी भइरहेको छ।

ललित सन्देश
यस अनलाइन पोर्टलका आधिकारिक लेखक तथा सम्पादक हुनुहुन्छ। देश तथा विदेशका ताजा र सत्य तथ्य समाचार पस्कन सधैं अग्रसर।
टिप्पणी लेख्नुहोस्